default_image

7 years ago

August 28, 2018

युभेन्ट्समा रोनाल्डोका छोरोले प्रशिक्षण थाले

216 views

0 Bookmark

टुरिन (एजेन्सी)- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरले युभेन्ट्सको युथमा प्रशिक्षण शुरु गरेका छन् । जुनियरले युभेन्ट्सको यु–९ मा आफ्नो प्रशिक्षण शुरु गरेका हुन् ।

रोनाल्डो युभेन्ट्स अनुबन्ध हुनु आफ्ना छोरा क्रिस्टियानो जुनियरका लागि पनि भएको बताइएको छ । तर, उनी टुरीनमा युवा प्रणालीमा सहभागी भएका हैनन् । जुनियरले युभेन्ट्समा आफ्ना बुबासँग जोडिएको विश्वास गरेका छन् । ला स्ट्याम्पका अनुसार जुनियरसँग सेन्टर ब्याक आन्द्रेअ बर्जागलीका छोराले पनि युभेन्ट्सको यु–९ मा प्रशिक्षण शुरु गरेका छन् ।

यसअघि पनि जुनियर रियल मड्रिडको युवा क्लबमा प्रशिक्षण गर्ने गर्दथे । तर, हाल उनी आफ्नो बुबाको अनुबन्धनको पालना गर्दै छन् । रोनाल्डो यसै सिजन १ सय मिलियन युरोमा रियल मड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डोले युभेन्ट्समा सिरी–ए का दुई खेल खेली सकेका छन् । तर, दुई खेल खेल्दा उनले कुनै गोल गरेका छैनन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.