default_image

7 years ago

August 28, 2018

रिचर्लिसन ब्राजिलियन फुटबल टोलीमा बोलाइए

92 views

0 Bookmark

रियो (एजेन्सी)- एर्भटन फरवार्ड रिचर्लिसनलाई ब्राजितले पहिलो पटक कल गर्दै सिनियर टिममा बोलाएको छ । उनलाई अमेरिका र एल सल्भाडोरसँगको मैत्रिपुर्ण खेलका लागि सिनियर टिममा बोलाइएको हो ।

Brazil richarlison

२१ बर्षिय रिचर्लिसनले पेड्रोको स्थान लिने छन् । रिचर्लिसनले २०१५ मा अमेरिका माइनेइरो क्लबबाट सिरी–बी खेल्दै व्यवसायिक फुटबल यात्रा सुरु  गरेका थिए । त्यसपछि सिरी–ए खेल्दै हाल प्रिमियर लिग खेल्दै छन् । प्रिमियर लिगका दुई सिजन खेलेका उनले पहिलो सिजन वाटफोर्डबाट खेलेका थिए । उनी गत सिजन फुल्मिनेन्सबाट वाटफोर्ड पुगेका थिए ।

गत सिजन उनले वाटफोर्डबाट प्रिमियर लिगका ३८ खेल खेले । उनी यसै सिजन ५० मिलियन पाउण्डमा वाटफोर्डबाट एभर्टन भित्रिएका हुन् । उनले यस सिजनका दुई खेल खेल्दै तीन गोल गरिसकेका छन् । रिचर्लिसनले वोल्स विरुद्ध दुई गोल गरेका थिए भने साउथह्यमप्टन विरुद्ध एक गोल गरेका थिए । तर, २५ अगस्टमा बर्नमाउथ सँगको खेलमा रातो कार्ड खादै रिचर्लिसन मैदानबाट बाहिरिएका थिए । रिचर्लिसनले ब्राजिल यु–२० टिमबाट १० खेल खेल्दै तीन गोल गरि सकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.