7 years ago
September 9, 2018
एजेन्सी – सन् २०१८ मात्र भएपनि अहिले नै सन् २००० पछि जन्मिएका खेलाडीहरुको बाहुल्यता बढ्न थालिसकेको छ । फुटबलमा भएको यो प्रगति हेर्न रमाइलो रहेको छ । दुई वर्ष अघि मोइज किन सन् २००० मा जन्मिएर युरोपको शीर्ष चार मध्यका लिगमा डेब्यु गर्ने पहिलो खेलाडी बनेका थिए । तर अहिलेभने रायन सेस्सेगनन, जेडन सान्चो जस्ता खेलाडीहरु प्रिमियर लिगमा नियमित खेलाडी बनिसकेका छन् ।
यी हुन् ५ उत्कृस्ट खेलाडी जो २० औं शताब्तीको अन्त्यमा जन्मिएका थिए :
५) मोइज किन (जुभेन्ट्स / इटली) – १०.८० मिलियन युरो

सन् २०१६ को नोभेम्बरमा इटलीका युवा स्ट्राइकर मोइज किन सन् २००० भन्दा यता जन्मिएर युरोपका शीर्ष ४ लिगमा डेब्यु गर्ने पहिलो खेलाडी बने । १६ बर्षीय उनले पेस्काराविरुद्धको खेलमा युभेन्ट्सका लागि ८४ औं मिनेटमा खेल मैदान प्रवेश गरे । त्यसकै तीन दिनपछि पुन: उनले च्याम्पियन्स लिगमा समेत सेभिल्ला बिरुद्ध खेलको ८४ औं मिनेटमा नै डेब्यु गरे।
सो सिजन उनले लिगको अन्तिम खेलमा बोलोग्नाविरुद्ध खेल जिताउन गोल समेत गरेका थिए । अर्को सिजन उनि ऋणमा हेलास भेरोनाको टोलीमा सरुवा भए र १९ खेल खेल्दै टोलीका लागि ४ गोल समेत गरे । यस सिजन भने इटालियन महारथी युभेन्ट्सले किनलाई क्लबमै राखेको छ ।
४) जेडन सान्चो (बोरुसिया डर्टमुन्ड / इंग्ल्याण्ड) – १८ मिलियन युरो

सन् २०१५ को मार्चमा सान्चो वार्टफर्ड एकेडेमी छाडेर ६६ हजार युरोमा म्यानचेस्टर सिटीसँग जोडिन पुगे । तर उनलाई सिटीले थप सम्झौता नगरेपछि उनलाई टोलीबाट बिदा दिइयो । त्यसपश्चात उनी जर्मन टोलि बोरुसिया डर्टमुन्ड पुगे । सन् २०१७-१८ को सिजनमा उनले चोटका कारण धेरै खेल गुमाए । यस सिजन भने उनले डर्टमुन्डको सिनियर टोलीमा खेल्न थालिसकेका छन् ।
३) पौलिन्हो (बायर लेभेरकुसेन / ब्राजिल) – २२.५ मिलियन युरो

सन् २०१७ मा भास्को डा गामाको टोलीमा बढुवा भएसंगै उनले सुरुवातमा नै छाप छोड्न सफल रहे । आफ्नो १७ औं जन्मदिनको दुई दिन अघि डेब्यु गर्दा उनी क्लबका लागि डेब्यु गर्ने कान्छा खेलाडी बनेका थिए । ब्राजिलियन ए सिरिजमा गोल गर्ने कान्छा खेलाडी बन्न उनलाई थप ११ दिनमात्र लाग्यो । यस सिजन समेत क्लबले पौलिन्होबाट धेरै आशा राखेको छ । उनले ब्राजिलको यू-१७ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१७ को यूु-१७ विश्वकप ब्राजिलले हात पार्दा उनको भूमिका महत्त्वपूर्ण थियो ।
२) भिनिकियस जुनियर (रियल म्याड्रिड / ब्राजिल) – ३१.५० मिलियन युरो

आफ्नो पहिलो क्लब सम्झौता मात्र १० वर्षमा पाएका जुनियरले ब्राजिलको यू-१५ र यू-१७ बाट उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१६ जुलाईमा १६ बर्ष पुगेका उनलाई फ्लामेंगोले आफ्नो टोलीमा सामिल गर्यो । अर्को सिजन रियल म्याड्रिडले उनलाई ४० मिलियन युरो चुकाउन्दै टोलीमा ल्यायो । जुलाई २०१८ बाट उनी रियलको सदस्य बने । रियलमा उनी बस्ने पक्का भएपनि ए टिमबाट खेल्न पाउने सम्भावना न्यून रहेको छ । उनले अहिले बी टिममा राम्रो छाप बसाईरहेका छन् ।
१) रायन सेस्सेगनन् (फुल्ह्याम / इंग्ल्याण्ड) – ३१.५० मिलियन युरो

यो सुचिमा रहका सायदै सबैभन्दा व्यवसायिक खेलाडी हुन् रायन । मात्र १६ बर्षको उमेरमा उनी २०१६/१७ को सिजनबाट नै फुल्ह्यामको नियमित खेलाडी बने । उनले फुल्ह्यामलाई प्रिमियर लिगमा ल्याईपुर्याउन ठुलो योगदान दिए । उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषणा गरिएको थियो । अबको सिजनमा फुल्ह्यामका लागि रयानको यात्रा सजिलो भने हुने छैन । शीर्ष लिगमा उनले नियमित राम्रो प्रदर्शन गर्न चुनौती खेप्नु पर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]