7 years ago
August 29, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्डका फरवार्ड जेमी भार्डी र डिफेन्डर ग्यारी काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । भार्डी र काहिल दुवैले मंगलबार नयाँ युवा खेलाडीहरुलाई अवसर दिने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
भार्डीले तीनवर्ष अघि मात्रै आयरल्यान्डविरुद्ध खेल्दै इंग्ल्यान्डको टिमबाट डेब्यु गरेका थिए । उनले सात गोल गरेका छन् । सन्यासको घोषणा गर्दै भार्डीले भनेका छन्, ‘टिममा नयाँ जोसिलो युवा खेलाडीहरु आएका छन् । म अब युवा खेलाडी हुन सक्दिन । त्यसैले नयाँ खेलाडीलाई टिममा स्थान दिनुपर्छ भन्ने सोचेर सन्यासको घोषणा गरेकी हु । मेरो पारिवारिक कुरा पनि छ । क्लब फुटबललाई निरन्तरता दिन चहान्छु ।’
यता, सन्यासको घोषणा गरेका काहिलले टिमबाट छुट्टिने यो उपयुक्त समय रहेको बताएका छन् । ‘राष्ट्रिय टिमबाट खेल्न पाउनु मेरो लागि गौरवको विषय हो । मैले आज सन्यासको घोषणा गरेको छु । तर, मैले पूर्ण रुपमा राष्ट्रिय टिमको ढोका बन्द गर्नेछ्रन । टिमलाई समस्या परेको अवस्थामा जुनसुकै समय म उपलब्ध हुनेछु ।’
३२ वर्षीय काहिलले २०१० मा इंग्लिस टोलीमा डेब्यु गरेका काहिलले राष्ट्रिय टोलीबाट ६१ खेल खेल्दै ५ गोल गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]