7 years ago
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)–अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल विकासको लागि ग्रासरुट फुटबल कार्यक्रम अन्र्तगत एन्फासँग आबद्ध रहेका ४५ जिल्लालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फाले ग्रासरुट फुटबल गतिविधि बढाउन, मैदानको मर्मत लगायतका कार्यका लागि एन्फासँग आबद्ध ४५ जिल्लामा आर्थिक सहयोग र खेलकुद सामग्री प्रदान गरेको हो । कार्यक्रम अन्तर्गत जिल्ला तहबाटै फुटबल विकासको लागि एन्फाले विविध कार्यक्रमहरु बनाएको छ ।
सबै जिल्लाको ग्रासरुट कार्यक्रम भदौ २७ बाट औपचारिक रुपमा सुरुवात हुनेछ । एन्फाले सुगम जिल्लालाई ५ लाख नगद र एक लाख बराबरको खेलकुद सामग्री प्रदान गरेको छ । यस्तै दुर्गम जिल्लाको लागि एन्फाले १० लाख नगद र १ लाख बराबरीको खेल सामग्री प्रदान गरेको छ । कार्यक्रममा ४५ जिल्लाका पदाधिकारीलाई रक्षामन्त्री ईश्वर पौडेलले खेल सामग्री प्रदान गरेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]