default_image

7 years ago

August 30, 2018

कप्तानका लागि बेलको नाम चर्चामा

112 views

0 Bookmark

कार्डिफ (एजेन्सी) – रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई पूर्व वेल्सका कप्तान सिमोन डेभिडले आफ्नो देशको कप्तानी सम्हाल्न सक्ने बताएका छन् । पूर्व स्पर्स तथा एभर्टन मिडफिल्डर डेभिडले हालका कप्तान एस्ली विलियमलाई पनि जोड दिएका छन् ।

डेभिडले भने, ‘जब एस्लीले कप्तानी छाड्ने निर्णय गर्ने छन् भने म ग्यारेथ बेल भन्दा अरु कसैलाई पनि विकल्पको रुपमा देख्दिन । ’ वेल्सले कार्डिफमा आयरल्यान्ड र आर्हुसमा डेनमार्कसँग यूएईएफए नेसन्स लिगको खेलहरु खेल्दैछ । डेभिडका अनुसार यस सिजनको ला लिगामा सुरुवात देखिको बेलको लय वेल्सलाई फाइदाजनक हुने बताएका छन् । २९ बर्षीय बेलले यसै सिजनको ला लिगाका दुई खेलमा दुई गोल गरिसकेका छन् ।

टोटनहम हट्सपरबाट सन् २०१३ मा बेल विश्व कीर्तिमानी ट्रान्सफरमा रियल म्याड्रिड पुगेका थिए । उनी रियलमा ८६ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा भित्रिएका थिए । ‘बेल पछिल्लो सिजनको बीचमा चोटग्रस्त थिए र क्रिस्टियानो रोनाल्डो टिमका लागि मुख्य व्यक्ति थिए ।’

डेभिडले भने, ‘फेरि उनले च्यम्पियन्स लिग फाइनलमा गोल गरे । रियल रोनाल्डोले छोडे र हाल बेल मुख्य खेलाडी बनेका छन् । सायद त्यो कुरा मिल्यो जो उनी सधै चाहन्थे र उनले अवसरको सदुपयोग गरे । शत प्रतिशत उनी एक उचित विश्व स्टार खेलाडी हुन् ।’

उनले थपे, ‘उनी वेल्सका लागि खेल्न मन पराउँछन् । यदि उनी घाइते हुदैन थिए भने कहिले कुनै पनि खेल गुमाउने थिएनन् ।’ बेलले सन् २००६ मा वेल्स राष्ट्रिय टिममा डेब्यु गर्दै हालसम्म राष्ट्रिय टिमका लागि ७० खेलमा २९ गोल गरि सकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.