7 years ago
August 30, 2018
जर्मन– पहिलो टोलीमा नियमित स्थान बनाउन असफल रहेपछि बार्सिलोनाका फरवार्ड पाको अल्कासेर यस सिजन बोरुसिया डर्टमन्डमा आबद्ध भएका छन् । उनी डर्टमन्डमा बार्साबाट लोनमा गएका हुन् । २४ वर्षीय स्पेनिस खेलाडी पाको सन् २०१६ मा भ्यालेन्सीयाबाट ३० मिलियन युरोमा बार्सिलोना गएका थिए ।

अल्कासेर यसदौरान आफुलाई पहिलो रोजाइमा राख्न असफल रहे । डर्टमन्डले ट्विटरमा भिडियो पोस्ट गर्दै पाकोलाई अनुबन्ध गरेको घोषणा गरेको होे । पाकोले भने, ‘म वास्तवमा डर्टमन्ड र उनीहरुको अविश्वसनीय प्रशंसा बटुल्न यहाँ आएको हुँ ।’ पाकोलाई स्थायी रुपमा अनुबन्ध गर्न यस सिजनको अन्त्यमा आफुसँग विकल्प रहेको क्लबले बताएको छ ।
क्लबका अनुसार सिजनको अन्त्यमा पाकोलाई ३० मिलियन युरोमा किन्न सक्ने बताइएको छ । ‘पाकोले बार्सिलोनामा विश्वका स्टार खेलाडीसँग आफ्नो दैनिकी बिताएका छन् ।’ डर्टमन्डका खेल निर्देशक माइकल जोर्कले भने, ‘यो क्लबबीचको अत्यधिक प्रतिस्पर्धाका कारण हो की उनले दुई वर्ष पछि एक नयाँ खेल जिवन सुरुवात गर्ने निर्णय गरेका हुन् ।’ पाकोले बार्सिलोनाबाट ला लिगाका दुई सिजनका ३७ खेल खेल्दै १० गोल गरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]