7 years ago
August 30, 2018
टुरिन (एजेन्सी)– स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय मिलियन पाउन्डमा युभेन्ट्स पुगेयता क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेका छैनन् । त्यसका वावजुद पनि टोलीको अभ्यासमा मुस्कुराउने कारण भने रोनाल्डोसँग थियो । मिसिमिलियानो एलिग्रीको टोलीले साताको अन्त्यमा पार्मासँगको खेलका लागि तयारी सुरु गरिसकेको छ ।
रोनाल्डोको गोलविना पनि युभेन्ट्सले सिजनमा सफल सुरुवात गरेको छ । इटालियन लिगका दुई खेल खेल्दा युभेन्ट्सले शतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा किएभोलाई हराएको युभेन्ट्सले शनिबार लाजियोलाई पराजित गरेको थियो । अभ्यासका दौरान रोनाल्डो, इम्री च्यानलगायतका खेलाडीले एक्रोबेटिक गोल गरेका थिए । युइएफए गोल अफ द सिजन उपाधि जितेका रोनाल्डोलाई उनका साथीहरुले बधाई दिएका थिए ।
गत वर्ष रियलबाट खेल्दा रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध गरेको गोल नै सिजनको उत्कृष्ट गोल चुनिएको थियो । गत अप्रिलमा उनले गरेको गोलले ३ लाख ४६ हजार ९ सय १५ मत मध्ये झन्डै २ लाख मत प्राप्त गरेको थियो । तर, लिगको प्रतिद्वन्द्वी रोामाले भने उनको त्यो गोललाई लिएर खिसी गरेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]