7 years ago
August 30, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ ।

बार्साको आक्रमणका मुख्य खेलाडीद्वयले मिडफिल्डमा फिलिपे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर क्लबमा भित्र्याउन चाहेको बुझिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सी र सुआरेजले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । एड्रिएन काउटिन्हो र बाँकी मिडफिल्डसँग समन्वय गर्न सक्ने भएकाले टोलीको लागि राम्रो हुने उनीहरुको बुझाई छ ।
बार्सिलोनाका लागि मिडफिल्डमा नयाँ खेलाडी देख्न अर्को विकल्प पनि रहेका छ । यतिखेर म्यानचेस्टर युनाइटेडका पल पोग्बाको नाम पनि बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाका स्टारद्वयका अनुसार काउटिन्हो आक्रमणमा अघि बढ्ने छन् । यहि कारण एक रक्षात्मक मिडफिल्डरको आवश्यकता पनि टोलीलाई छ । पोग्बा र एड्रिएन मध्य बार्सिलोनाले कुन खेलाडी अनुबन्ध गर्नेछ त्यो भने ट्रान्सफर विन्डो बन्द हुनु भन्दा पहिले नै थाहा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]