7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आउन अब ५ दिन बाँकी छ । प्रतियोगिता आउन ५ दिन मात्रै बाँकी रहँदा नेपालले साफ च्याम्पियसिपको तयारीलाई तीब्रता दिएको छ ।
सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाली टिमले एक साताअघिबाट साफलाई लक्षित गर्दै बन्द प्रशिक्षण थालेको छ । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् । एन्फाले सोमबार मात्रै साफ सुजुकी कपको लागि २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । इन्डोनेसियामा रहेका मुख्य खेलाडी रोहित चन्द पनि टिमको प्रशिक्षणमा सामेल भैसकेका छन् ।
साफ च्याम्पियनसिप यही भदौ १९ देखि ३० सम्म बंगालादेशको ढाकामा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले १९ भदौमा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । २१ भदौंमा भुटान र २३ भदौंमा आयोजक बंगलादेशको सामना गर्नेछ ।
साफ सुजुकी कपमा नेपालको खेल तालिका
भदौ १९ गते मंगलबार नेपालविरुद्ध पाकिस्तान
भदौं २१ गते बिहिबार नेपालविरुद्ध भुटान
भदौं २३ गते शनिबार नेपालविरुद्ध बंगलादेश
हाम्रो खेलकुद डटकमका फोटो पत्रकार विवेक सुवेदीले नेपाली टिमको प्रशिक्षणका खिचेका केही तस्वीरहरुः
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]