7 years ago
September 8, 2018
एजेन्सी – फुटबल इतिहासमा बार्सिलोना सबैभन्दा ठुलो क्लब मध्येको एक हो । बर्साले २१ औं शताब्दीमा नै ४ च्याम्पियन्स लिग उपाधि हात पारिसकेको छ । त्यसअघि क्लबले सन् १९९२ मा युरोपियन कप जितेको थियो ।

हरेक ठूला क्लबको झैं बार्सिलोनाको पनि बिर्सनलायक समय रहेका छन् । साओ पाउलो र ब्रटिस्लाभा जस्ता केहि साना क्लब रहेका छन् जोसंग बार्साले एक पटक मात्र खेल्दा हार बेहोरेको छ । यस्तै आफ्नो प्रतिस्पर्धी रियल म्याड्रिडविरुद्ध पनि बार्सिलोनाको रेकर्ड राम्रो छैन । यी हुन् ति ५ नाम नचलेका क्लब जसको बार्सिलोनासँग खराब रेकर्ड रहेको छ :
५) सी.एस.के.ए मस्को (२ खेल : १ बराबरी, १ मा मस्को बिजयी)
सन् १९८९ मा रुसको पहिलो डिभिजनमा बढुवा भएको टोलि मस्कोले १९९१ मा नै प्रतियोगिताको उपाधि जित्न सफल भयो । सन् १९९२ मा टोलीले धेरै कठिन समय खेप्दै युरोपियन कपको खेलमा बार्सिलोनासँगको भेट तय गर्यो । मस्कोमा भएको खेलमा स्टार खेलाडीले भरिएको बार्सिलोनामाथि नाम नचलेका खेलाडीहरु रहेको क्लब सीएसकेएले अग्रता लियो । तर खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल गर्न सफल रह्यो र खेल १-१ को बराबरीमा सकियो । स्पेनमा भएको दोस्रो लेगमा बार्सिलोनाले २-० को अग्रता लिइसकेको थियो । तर पहिलो हाफको अन्त्यमा मस्कोले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्यायो । तर दोस्रो हाफमा उत्कृस्ट प्रदर्शन गर्दै मस्कोले थप २ गोल गर्यो र खेललाई आफ्नो पक्षमा पार्यो ।

४) नाटिङघम फरेस्ट (२ खेल : १ बराबरी, १ मा फरेस्टको जित)
अहिले भन्दा पत्याउन गाह्रो परेपनि फरेस्ट कुनै समय युरोपको बलियो टोली मध्येको एक थियो । सन् १९७८ मा फरेस्ट युरोपियन महारथी पनि बनेको थियो । सन् १९७९ मा फरेस्टले युरोपियन कप जित्दा बर्सिलोनाले यूईएफए कप जितेको थियो । सोहि कारण दुवै टोलीको भेट सुपर कपमा पक्का भयो । फरेस्टको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा फरेस्टले १-० को जित हात पार्यो । बार्सिलोनामा भएको दोस्रो लेगको खेल १-१ को बराबरीमा सकिएपछि खेल समग्रमा फरेस्टको नाममा रह्यो ।

३) स्टेउआ बुकारेस्ट (५ खेल : २ मा बार्सिलोनाको जित, २+१ मा बुकारेस्टको जित)
फरेस्ट जस्तै बुकारेस्ट समेत युरोपको एक समयको च्याम्पियन थियो । सन् १९७१ मा पहिलो पटक बुकारेस्ट र बार्सिलोनाको भेट भएको थियो । सो समय बार्सिलोनाले दुवै खेलमा जित हात पार्यो । त्यसको ६ वर्षपछि दुई टोलीको भेट पुन: भयो । यस्तै दुवै टोलीले सन् १९८६ को यादगार खेलमा एक आपसको सामना गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो । बार्सिलोनाका गोलरक्षकले पहिलो २ प्रहार रोकेपनि स्टेउआका गोलरक्षकले सबै सट जोगाउँदा खेलमा स्टेउआले रोमान्चक जित हात पारेको थियो ।
२) गोटेबोर्ग (४ खेल : १ मा बार्सिलोनाको जित, १ बराबरी, २ मा गोटेबोर्ग विजयी)
सन् १९८६ मा फाइनल पुग्नु अगी बार्सिलोनाले स्विडेनको टोलि गोटेबोर्गविरुद्ध सेमीफाइनलमा जित हात पारेको थियो । तर सो खेलको पहिलो लेगमा गोटेबोर्गले जित हात पारेपनि दोस्रो लेग बार्सिलोनाको नाममा रहेको थियो । सन् १९९४ मा दुवै टोलि पुन: एकपटक च्याम्पियन्स लिगको एकै समुहमा परे । स्विडेनको टोलीले आफ्नो घरेलु मैदानमा भएको खेलमा जित दर्ता गर्यो । बार्सिलोनाको मैदानमा भएको खेलमा भने सुरुवातमा गोटेबोर्गले गोल खाएपनि अन्त्यमा अंक आफ्नो नाम गर्न सफल रह्यो ।

१) डन्डी युनाईटेड (२ खेल – २ मा डन्डीको जित)
युरोपको सफल टोलि डन्डीले बार्सिलोना बिरुद्ध सन् १९८७ को च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा भेट गरेको थियो । डन्डीको घरेलु मैदानमा भएको खेलमा २१ बर्षीय केभिन गल्लाचारले गोल गरेपछि घरेलु टोलि १-० ले विजयी बन्यो । सायद थोरैले मात्र डन्डीले स्पेनमा आएर जित दर्ता गर्छ भनेर सोचेका थिए तर बार्सिलोनाको मैदानमा सबैलाई दंग पार्दै डन्डीले २-१ को जित दर्ता गर्यो । सो सिजन डन्डी प्रतियोगिताको फाइनलसम्म पुगेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]