7 years ago
August 30, 2018
टुरीन (एजेन्सी) – यस सिजनको सुरुवातमा रियल म्याड्रिडले सारा विश्व फुटबललाई चकित बनाउँदै आफ्ना उत्कृष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मोटो रकममा युभेन्ट्स पठायो । रोनाल्डोले क्लब र आफ्नो व्यक्तिगत रुपमा फुटबलका धेरै ट्रफी जितेका छन् । त्यति मात्र होइन उनको नाममा पोर्चुगललाई पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिताउने श्रेय समेत रहेको छ ।

तर अन्य खेलाडी जस्तै उनको पनि केहि त्यस्ता उपलब्धि छन जो हासिल गर्न बाँकी नै छ । सायद उनको नाममा विश्वकप फुटबलको उपाधि नजाला तर केहि त्यस्ता उचाई छन् जो रोनाल्डोले क्लब फुटबलमा अझै हासिल गर्न सक्छन् :
महादेशीय तेहेरो उपाधि :
रोनाल्डोले ५ पटक लिग, ५ पटक च्याम्पियन्स लिग र ३ घरेलु ट्रफी जितेका छन् तर सबै ट्रफी एकैपटक जितेका छैनन् । सन् २००७-०८ को सिजनमा रोनाल्डोले युनाईटेडबाट ४० बढी गोल गर्दै प्रिमियर लिग र च्याम्पियन्स लिग जिताउन सहयोग गरे । सोहि सिजन युनाईटेडले कम्न्युनिटि सिल्ड जितेपनि त्यो ट्रेबलमा गनिदैन ।

रियल म्याड्रिडबाट उनले सन् २०१३/१४ को सिजनमा दुई उपाधि जिते । कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि जितेपनि रियलले सो सिजन ला-लिगामा तेस्रो स्थान हासिल गर्यो । त्यसको तीन सिजनपछि उनले पुन: एकपटक इतिहास कायम गर्ने मौका गुमाए । त्यसबेला रियल सेल्टा भिगोसँग पराजित हुन पुग्यो ।
तर रोनाल्डोले अझपनि आफ्नो नयाँ टोलि युभेन्ट्सबाट ट्रेबल जित्न सक्छन् । उनको नयाँ टोलीले इटालियन लिग जितेपनि च्याम्पियन्स लिग जित्न असफल रहँदै आएको छ ।
अन्तर्राष्ट्रिय गोल्डेन बुट वा बल :
रोनाल्डोले विश्वकप जितेका छैनन् भनेर उनको आलोचना गर्नु गलत हुन सक्छ तर उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल्डेन बुट वा बल जितेका छैनन् । रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीका लागि ८५ गोल गरेका छन् ।

उनले सहभागिता जनाएको सुरुका ३ विश्वकपमा भने जम्मा ३ गोल मात्र गरेका थिए । उनले आफ्नो टोलीका लागि युरो कप जिताउँडा उनि उत्कृष्ट लयमा रहेको छनक थिए । तर सो प्रतियोगितामा समेत फ्रान्सका ग्रिजमेनले सो उपलब्धि हाँसिल गर्दा उनि गोल्डेन बुट जित्न बाट बन्चित भए ।
च्याम्पियन्स लिगमा ५ गोल :
च्याम्पियन्स लिग खेल्ने एक उत्कृष्ट खेलाडी मध्यका एक हुन् रोनाल्डो । रोनाल्डोले ५ पटक च्याम्पियन्स लिगको विजेता बन्ने क्रममा १ सय २० गोल गरेका छन् । यति धेरै गोल गरेपनि उनले एकै खेलमा ५ गोल भने गर्न सकेका छैनन् । उनका प्रतिस्पर्धी लियोनल मेसीको नमममा भने यो सफलता रहेको छ । उनले च्याम्पियन्स लिगमा लगातार दुई खेलमा ह्याट्रिक गर्ने र एकै खेलमा ४ गोल गर्ने सफलता हासिल गरेका छन् । नयाँ टोलीमा गएका रोनाल्डो छिटै यो उचाई हात पार्ने दाउमा हुनेछन ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]