default_image

7 years ago

September 9, 2018

रियलको प्लान ‘बी’ बन्न सक्थे यी खेलाडी

105 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – गत सिजन रियल म्याड्रिडको बेन्च निकै मजबुत रहेको थियो । चाहेको अवस्थामा रियलले मुख्य टोलीकै स्तरका खेलाडीलाई मैदानमा उतार्न सक्ने क्षमता थियो ।

ती खेलाडीले मैदानमा उत्रेर राम्रो प्रदर्शन गर्थे र टोलीलाई जिताउँथे पनि । क्लबले जारी ट्रान्सफर विन्डोमा गरेका केहि गल्ति भने अहिले आएर टोलीलाई महँगो पर्ने देखिएको छ । यसअघिका ट्रान्सफर विन्डोमा पनि क्लबले निरन्तर गल्ति गर्दै त्यसको स्थानमा नयाँ खेलाडी ल्याउन चासो दिएको छैन । निकै बलियो देखिंदै आएको रियल म्याड्रिडको प्लान ‘बी’ कहाँ चुक्यो ? किन रियलको बेन्च यति कमजोर देखियो ? यी हुन् ५ खेलाडी जसले टोलि छाड्दा रियलको प्लान ‘बी’ सफल हुन सकेन :

५) ड्यानिलो:

गत सिजन जिनेदिन जिदानेले ड्यानिलो टोलीमा अतिरिक्त खेलाडी रहेको भनेसँगै रियलले उनलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । जिदानेले हाकिमी र भाजक्वेजले आवश्यक पर्दा राइट ब्याकमा कार्भाजलको स्थान लिन सक्नेमा विश्वास गरे । तर २०१७-१८ को सुरुवातबाट नै रियलले ड्यानिलोको कमि महसुस गर्न थाल्यो । हाकिमीको युवा र अनुभवहिन क्षमता रियललाई खेलमा सहयोग पुर्याउन पर्याप्त  थिएन । ड्यानिलोले बनाएको प्रभाव रियलमा हाकिमी, नाचो र भाजक्वेजले समेत बराबरीमा ल्याउन सकेनन् ।

४) मटियो कोभाचिच:

कोभाचिचले टोलि छाडेसंगै रियलको मिडफिल्डमा समस्या सिर्जना भएको छ । रियलले समय समयमा मात्र उनको प्रयोग गरेपनि उनी क्रुस र मोड्रीचलाई विश्राम दिँदा धेरै सहयोगी बन्ने गर्थे । सन् २०१७ को स्पेनिस सुपर कपमा बार्सिलोनाविरुद्ध कोभाचिचको प्रदर्शन सम्झनलायक थियो । उनी चेल्सीमा गएसंगै रियलको समस्याको ढोका खुलेको हो । रियलमा अब मोड्रीच र क्रुसको स्थानमा खेलाउन सकिने इस्को र सेबाल्लोसमात्र बाँकी रहेका छन् । इस्को आक्रामक रुपमा मात्र खेल्न सक्छन् भने सेबाल्लोस अझै मुख्य भूमिका निर्वाह गर्न तयार भएका छैनन् ।

३) पेपे :

Pepe

आफ्नो रियल बसाइका क्रममा पेपे टोलीका कति महत्वपूर्ण खेलाडी थिए भन्ने कुरा सबै रियल समर्थकलाई थाहा छ । एक भेटेरान खेलाडीको काम रियलमा पेपेले गरेका थिए । डिफेन्समा पेपेको भूमिका निकै महत्वपूर्ण थियो । रामोसका नयाँ साथी भारानेसँग उत्कृष्ट शैली रहेपनि पेपेको स्थान उनले क्लबमा पूर्णरुपमा लिन सकेका छैनन् । यसबाहेक पेपेले क्लबमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्ने गरेका थिए ।

२) हामेस रोड्रीग्वेज :

james

रियल र रोड्रीग्वेजबीचको सम्बन्ध आशा गरे अनुसार चल्न नसक्दा आज रोड्रीग्वेज टोलीमा छैनन् । पहिलो सिजनमा रोड्रीग्वेजले रियलको आक्रमणलाई फरक स्तरमा पुर्याएका थिए । उनकै साथ रहँदा रियल विश्वकै एक सशक्त आक्रमण भएको टोलि बनेको थियो । तर रियलका प्रशिक्षकहरु राफा र जिदानेको उपस्थितिमा उनी कहिलेपनि चम्किन सकेनन् । आक्रमणबाट एक खेलाडीलाई हटाएर होल्डिंग मिडफिल्डरलाई खेलाउने रियलको ट्रेन्डसंगै उनले पहिलो रोजाईमा स्थान गुमाए । आफ्नो शैली अनुसार प्रशिक्षक नपाउँदा उनी क्लब छाड्न बाध्य भए र बायर्नमा आफ्नो प्रभाव जमाउन थालेका छन् ।

१) अल्भारो मोराटा :

Morata

सन् २०१६ मा रियल फर्किएसँगै मोराटाको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । तर जिदानेले करीम बेन्जेमामाथि आँखा चिम्लिएर विश्वास गर्दा मोराटा रियलका लागि नियमित बन्न सकेनन् । मोराटाले पाएका मौकामा आफूलाई प्रमाणित गरेपनि जिदानेको विश्वासभने सधैं फ्रान्सेली बेन्जेमा माथि नै रहयो । मोराटासँग रियल छाड्ने कारण भएपनि जिदानेले किन उनलाई जान दिएभन्ने कुराको जवाफ सायद कसैसंग छैन । चेल्सीमा पनि लय समात्न कठिन भएको अवस्थामा मोराटा रियलका लागि उचित थिए भन्नेमा दुईमत छैन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.