7 years ago
September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनाको राष्ट्रिय टोली तथा युरोपकै महारथी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीलाई सर्वकालिन महान खेलाडी भन्ने धेरै छन् । अंग्रेजीमा एउटा शब्दावली नै प्रख्यात छ, गोट अर्थात् ‘ग्रेटेस्ट अफ अल टाइम ‘।
मेसीले १७ वर्षको उमेरदेखि आफ्नो व्यवसायिक फुटबल करियर शुरु गरेका थिए । १४ वर्ष पछि उनको प्रदर्शनले उनलाई वर्तमान अवस्थामा विश्वकै उत्कृष्ट मध्यका एक खेलाडी बनाइसकेको छ । यसदौरान धेरै पटक उनले खेल जिवनमा असम्भव कार्य सफल गर्दा आफुलाई अब्बल तुल्याएका छन् । उनले खेल जीवनमा गरेका चार यस्ता प्रदर्शन जसले उनलाई स्टार खेलाडीको स्थानमा सिद्ध पार्छ :
म्यानचेस्टर युनाइटेड विरुद्ध सन् २०११ को च्याम्पियन्स लिग फाइनल

उक्त मेसी उच्च लयमा हुन्छन् उनको तुलना गर्न लायक सायदै कोहि हुन्छ । जब उनको खुट्टामा बल हुन्छ उनको गति र प्रवाह कहिल्यै दोस्रो हुदैनन् । सन् २०११ मा म्याचेस्टर युनाइडेडविरुद्ध उनले पूरा ९० मिनेट युनाइटेडको रक्षापंक्तिलाई त्रसित पारे । उक्त खेलमा मेसीको प्रदर्शन अदभुत थियो । डिफेन्सले कल्पना भन्दा पनि बाहिर थियो । त्यसबेला युनाइटेडको डिफेन्समा नेम्नाजा भिडीच र रियो फर्डीनान्डको दिग्गज जोडी थियो ।
रियल म्याड्रिडविरुद्ध सन् २०११ च्याम्पियन्स लिग सेमिफाइनल

सन् २०११ मा च्याम्पियन्स लिग सेमिफाइनलदौरान स्यान्टियागो बर्नाबेउमा रियल मड्रिडविरुद्ध लियोनल मेसीले गरेको गोललाई कसैले भुल्न सक्दैनन् । उनले सम्बह्व्त च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा रोचक गोल गरे । उनले म्याड्रिडका पाँच जना खेलाडीलाई बिट गर्दै गरेको त्यो गोल प्रतियोगिताको इतिहास बनेको छ । रियलका गोलकिपर इकर कासिलास समेत उक्त बल रोक्न असफल भएका थिए । त्यो एक खेल थियो जहाँबाट मेसीले अर्को स्तरको उडान भरे । उनको प्रतिभासँग अन्य कसैको प्रतिभाले मेल खाएन । हालसम्म पनि उनलाई चुनौती दिने कमै खेलाडी अगाडी आएका छन् ।
सन् २०१२ का मेसी

मेसीले सन् २०१२ वर्षभर ९१ गोल गरे । एकै वर्षमा ९१ गोल गर्नु चानचुने सफलता हैन । सन् २०१२ मा मेसी उत्कृष्ट मात्र थिएनन् अविश्वसनीय नै थिए । उनले गरेको प्रदर्शन असम्भवप्राय नै थियो । यहाँसम्मकी उनको नजिक रहेका रोनाल्डोले वर्षभर मेसीभन्दा ३० गोल कम गएका थिए । यसले पुष्टि गर्छ कि मेसीले उक्त सिजन अभूतपूर्व प्रदर्शन गरेका थिए । सायद मेसी आफैं पनि उक्त प्रदर्शन दोहोर्याउन सक्दैनन् ।
युभेन्ट्सविरुद्ध सन् २०१५ च्याम्पियन्स लिग फाइनल

च्याम्पियन्स लिगको फाइनल खेलमा युभेन्ट्सविरुद्ध मेस्सीको प्रदर्शन यस्तो थियो की उनी एक्लैले विपक्षी टोलीलाई खेल अवधिभर दबाबमा राखे । तर, पनि सबै जनाले उनलाई जितको श्रेय दिएनन् । किनकी मेसीले खेलमा गोल गरेका थिएनन् । खेल अवधिभर विपक्षी टोलीलाई उनले राखेको दबाबकै कारण त्यो खेलमा उनी बार्सिलोनाका लागि जितको आधार भए । सो खेलमा नेयमार र लुइस सुआरेजले गोल गरेका थिए । उक्त खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३–१ ले पराजित गर्दै पाँचौ पटक युसीएल उपाधि जितेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]