default_image

7 years ago

September 3, 2018

साफ च्याम्पियनसिपमा नेपालले मिस गर्ने तीन खेलाडी

112 views

0 Bookmark

दीपेन्द्र पोखरेल

टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे ।

उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस हुने तीन खेलाडी यसप्रकार छन् :

विक्रम लामा, मिडफिल्डर

राष्ट्रिय टोलीका लागि विगत ७ वर्षदेखि मिडफिल्डको जिम्मेवारी बहन गर्दै आएका विक्रम चोटका कारण टोलीमा छैनन् । केहि महिनाअघि बुढासुब्बा गोल्डकपका दौरान चोट बोकेका उनले शल्यक्रिया गरेपनि मैदानमा समयमै पुनरागमन गर्न भने समय पाएनन् । विगत केहि वर्षयता नेपालले हासिल गरेको उपलब्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विक्रमले घरेलु फुटबलमा पनि चुस्त प्रदर्शन गर्दै आएका थिए । थ्री स्टार क्लबका कप्तान समेत रहेका विक्रमको कमी टोलीको मिडफिल्डमा महसुस हुनेछ ।

रविन श्रेष्ठ, डिफेन्डर

Rabin Shrestha

फाइल तस्बिर

रविन श्रेष्ठ हालको नेपाली टोलीमा सबैभन्दा अनुभवी मध्यका खेलाडी थिए । गतवर्ष घुँडाको चोट बोकेर अधिकांश समय मैदान बाहिर रहेका रविन पछिल्लो महिना नेपाली टोली थाईल्यान्ड टुरमा जाँदा सँगै थिए । तर त्यस टुरको दोस्रो खेलमा उनी घाइते भए । उनको घुँडामा फेरी चोट लग्यो र खेल्न नसक्ने अवस्थामा पुगे । नेपाल फर्किएलगत्तै चिकित्सकको सल्लाहअनुसार विश्राममा रहेका रविनको कमीले टोलीलाई घाटा भएको छ । रक्षात्मक रुपमा निकै सबल खेलाडी रविनले आक्रमणमा पनि उत्तिकै सहयोग पुर्याउने गर्दथे ।

ग्योतोकु कोजी, प्रशिक्षक

प्रशिक्षक कोजी खेलाडी त होइनन् तर उनको अनुपस्थिति महँगो पर्न सक्छ । राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानका ग्योतोकु कोजी भिसा प्रक्रिया नमिल्दा नेपाल आउन पाएनन् । एन्फाले उनको भिसा प्रक्रिया सुल्झाउन नसक्दा जिम्मेवारी खोस्दै टोलीको जिम्मा नै कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनलाई सुम्पियो । पछिल्लो झन्डै तीन वर्षदेखि टोलीको साथमा रहेका कोजीको स्थान तीन महिना साथ् रहेका महर्जनले हेर्दै छन् । यसबिचमा उनले टोलीलाई बुझ्ने प्रयत्न गरेपनि कोजीजतिको नजिक हुन भने पक्कै सक्दैनन् । एकैपटक राष्ट्रिय टोलीलाई मैदानमा उतार्दा कोजीको कमि पक्कै महसुस हुनेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.