default_image

6 years ago

September 3, 2018

साफ च्याम्पियनसिप १ दिन बाँकी : सेमिफाइनलमा लगातार अफगानिस्तान बाधक

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अर्को इतिहासको नजिक आइपुगेको छ । साफ च्याम्पियनसिपको १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । बुधबारबाट प्रतियोगिता बंगबन्धु रंगशालामा सुरु हुँदैछ ।

nepalpak

अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको हरेक पटक फाइनल पुग्ने लक्ष्य हुन्छ । तर, टोलीले फाइनल पुग्ने सफलता अहिले सम्म प्राप्त गर्न सकेको छैन । टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपालले पहिला सेमिफाइनल अनि मात्र उपाधिका बारेमा सोच्ने बताएका छन् । मंगलबार पाकिस्तानसँग खेल्दै नेपालले यात्रा सुरु गर्नेछ ।

त्यसपछि नेपालले बिहिबार भुटान तथा शनिबार आयोजक बंगादेशको सामना गर्दैछ । सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।

नवौं साफ च्याम्पियनसिप : दोस्रो पटक सेमिफाइनलमा
नवौं संस्करणको साफ च्याम्पियनसिप २०११ मा भारतको नयाँ दिल्लीस्थित जवहरलाल नेहरु स्टेडियममा २ डिसेमवरबाट ११ डिसेम्बर सम्म आयोजना भयो ।अघिल्लो संस्करणको च्याम्पियन भारत फेरि च्याम्पियन बन्न सफल भयो । फाइनलमा दक्षिण एसियाली फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको अफगानिस्तानलाई ४–० ले पराजित गर्दै छैटौपटक च्याम्पियन बन्न सफल भयो । समूह चरणमा १–१ गोलको बराबरी भएको थियो ।

यो संस्करणमा नेपालले समूह चरण पार गर्न सफल भयो । सन् १९९९ पछि पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको थियो । समूह ‘बी’ रहेको नेपालले बंगलादेशलाई १–० ले पराजित गर्दा माल्दिभ्स र पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग अतिरिक्त समयमा १–० ले पराजित हुन पुग्यो ।

माल्दिभ्सलाई बराबरीमा रोक्दा सन्दीप राईले गोल गरेका थिए । पाकिस्तानसँगको बराबरी खेलमा भरत खवासले गोल गर्न सफल भएका थिए । सेमिफाइल पुग्ने सम्भावना बलियो बनाउन जित निकाल्नै पर्ने खेलमा नेपालले बंगलादेशमाथि १–० को जि निकाल्दा कप्तान सागर थापाले दर्शनीय फ्रिकिक गोल गरेका थिए ।

सागरले इन्जुरी समयको थप गरिएको समयको पाँचौ मिनेटमा मैदानको मध्य भागबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । सागरको उक्त गोललाई ब्राजिली रोनाल्डिनोको गोलसँग तुलना समेत गरिएको थियो । उनको फ्रिकिक गोल उत्कृष्ट गोलको सुचीमा समेत परेको थियो । प्रतियोगितामा भारतका सुनिल क्षेत्री ७ गोलसहित सर्वाधिक गोलकर्ता भए ।

साफ च्याम्पियनसिप : अफगानिस्तान फेरि बाधक 

१०औं साफ च्याम्पियनसिप नेपालमा सन् २०१३ अगस्ट ३१ बाट ११ सेप्टेम्वरसम्म आयोजना भयो । नेपालले यसअघि १९९७ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । घरेलु मैदानमा नेपाललाई उपाधिको प्रवल दाबेदारको रुपमा हेरिएको थियो । समूह ‘ए’ मा दुई जित र एक बराबरीको नतिजा निकाल्दै ६ पटकको च्याम्पियन भारतलाई समेत पछि पार्दै नेपाल समूहमा शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

यसअघिका कुनै पनि संस्करणमा नेपाल समूह विजेता बन्न सकेको थिएन । नेपालले बंगलादेशमाथि २–० को जित निकाल्दा अनिल गुरुङ र भरत खवासले गोल गरे । पाकिस्तानसँगको १–१ गोलको बराबरीमा बिमल घर्तीमगरले गोल गर्दै सम्भावित हार टारेका थिए । परम्परागत प्रतिद्धन्द्धी भारतमाथिको २–१ को जितमा अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए ।

नेपालको उपाधिको दाबेदारीमा अफगानिस्तान फेरि पनि बाधक बन्यो । अफगानिस्तानसँग १–० ले पराजित भएपछि नेपालले घरेलु मैदानमा उपाधि राख्न असफल रह्यो । अघिल्लो संस्करणम पनि नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग रोकिएको थियो । दक्षिण एसियाली फुटबलमा आफुलाई स्थापित गरेको अफगानिस्तानले भारतलाई २–० ले पराजित गर्दै साफको नयाँ च्याम्पियन बन्न सफल भयो । माल्दिभ्सका अस्फाक अली १० गोलसहित सर्वाधिक गोलकर्ता भए ।

११औं साफ च्याम्पियनसिप – कमजोर प्रदर्शन 


११औं साफ नेपालका लागि सबैभन्दा विर्सनलायक प्रदर्शन बन्यो । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका दुवै खेलमा हार बेहो¥यो । पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित नेपालले समूह चरणको दोस्रो खेलमा आयोजक भारतसँग ४–१ को फराकिलो हार बेहोर्यो । यो खेलमा नेपालका विमल घर्तीमगरले एकमात्र गोल गर्न सफल भएका थिए । भारत र अफगानिस्तानले फाइनल खेले । जसमा भारत अतिरिक्त समयमा २–१ ले विजयी हुदै सातौपटक साफ च्याम्पियन बन्न सफल भयो । खाइवर अमानी ४ गोलसहित सर्वाधिक गोलकर्ता भए । प्रतियोगिता भारतमा २३ डिसेम्वर २०१६ देखि ३ जनवरी २०१७ मा आयोजना भएको थियो ।

May 21, 2024

टोनी क्रुसद्वारा सन्न्यासको घोषणा

एजेन्सी – रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल […]

May 21, 2024

सामाजिक र खालीबारीले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत मंगलबार भएको दिनको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन् । बराबरी सँगै ९ खेलमा १२ अंक सहित सामाजिक सातौं स्थानमा रहेको छ भने खालीबारी […]

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

Success

Thank you for your time.