default_image

7 years ago

September 4, 2018

साफ जिते पोखरेली समर्थकले टोलीलाई १ लाख दिने

87 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बंगालादेशमा मंगलबारबाट सुरु हुने साफ च्याम्पियनसिपको उपाधि जितेमा पोखरेली खेलप्रेमी तथा व्यवसायी इच्छामान बुद्धाचार्यले नेपाली टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन ।

हंसराज हुलास चन्द एण्ड कम्पनीको बजाज मोटरसाइलका सब डिलर इच्छा शक्ति अटोमोबाइल प्राली पोखराका अध्यक्ष इच्छामानले आफूले नेपाली टिमलाई हौसला प्रदान गर्नका लागि नगद दिने घोषणा गरेको बताए । ‘आफ्नो देशले जहिले पनि जितोस भन्ने चाहेको र प्रोत्साहनका लागि पनि टिमलाई एक लाख दिने घोषणा गरेको हो,’ उनले भने ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै टोलीले उपाधि जितेको खण्डमा जनही ५-५ लाख दिने घोषणा गरिसकेको छ । यसैक्रमम बुद्धाचार्यको यस कदमलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि प्रशंसा गरेका छन् । अध्यक्ष शेर्पाले सामाजिक संजालबाट बुद्धाचार्यलाई धन्यवाद दिएका छन् ।

सन १९९३ बाट सुरु भएको साफ फुटबलको इतिहास सोही वर्ष नेपालले तेश्रो स्थान हासिल गर्नु बाहेक जितेको रेकर्ड छैन । साफ फुटबल नेपालले सन १९९७ र २०१३ गरि दुइ पटक आयोजना गरिसकेको छ । एन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पराजय संगै फर्केको नेपाली फुटबल टिम बंगालादेशको ढाकामा सुरु हुने साफ फुटबलमा ठोस नतिजा निकाल्ने दाउमा छ ।

समूह ‘ए’ मा रहेको नेपालले मंगलबार पहिलो खेल पकिस्तान संग खेल्दैछ भने दोश्रो खेल भुटान र अन्तिम खेल आयोजक बंगालादेश संग खेल्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.