7 years ago
September 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिप जितेमा टोलीका प्रत्यक सदस्यलाई ५-५ लाख दिने घोषणा गरेको थियो । खेलाडीहरुलाई बिदाइ गर्ने समयमा गरिएको उक्त घोषणाले खेलाडीको मनोबल उच्च हुने धारणा एन्फाको रहेको छ ।

एन्फा पूर्व अध्यक्ष गणेश थापा ।
यसैबीच एन्फाका पूर्व अध्यक्ष गणेश थापाले भने उक्त पुरस्कार राशी कम भएको बताएका छन् । थापाले सामाजिक संजालमा लेख्दै वर्तमान कार्यसमितिले अहिलेको परिपेक्षमा अझै ठूलो पुरस्कार राशी राख्नुपर्ने बताएका हुन् । थापा अध्यक्ष छँदा सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले उपाधि जिते एन्फाले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर नेपाल सेमिफाइनलमा अफगानिस्तानविरुद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
थापाले लेखेका छन्, “साफ सुजुकी कप २०१८ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टिमलाई सफलताको लागि शुभकामना दिन चाहन्छु । नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनशिपमा सदैव शसक्त प्रर्दशन गर्दै दावेदारी प्रस्तुत गर्दै आईरहेको सर्वविदितैछ । साफ च्याम्पियनशिपमा विजयी भए विगतमा एन्फाले खेलाडीहरुको प्रोत्साहनका लागि अर्पाटमेन्ट दिने घोषणा गरेको परिप्रेक्ष्यमा वर्तमान एन्फा कार्यसमितिले पनि टिमको उच्च मनोवलका लागि सोही खालको पुरस्कारको घोषणा गर्नेमा आशावादी छु । नेपाली टिमलाई पुनः एक पटक सफलताको शुभ कामना ।”
नेपालले प्रतियोगिताको पहिलो खेलमा आज पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको ३:४५ बजे सुरु हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]