7 years ago
September 5, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार तथा कप्तान लियोनल मेस्सीले स्पेनीस ला लिगको इतिहासमा एक नयाँ रेकर्ड बनाएका छन् । उनले ला लिगाको इतिहासमा १५० असिस्ट गर्ने एक मात्र व्यक्ती बन्दै नयाँ रेकर्ड बनाएका हुन् ।

मेसीले आफ्नो कीर्तिमानीको लामो सुचिमा अर्को नयाँ कीर्तिमान थपेका हुन् । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार आफ्नै घरेलु मैदानमा नयाँ टोली हुएस्कालाई ८–२ ले पराजित गरेको थियो । मेस्सीले आफ्नो टिमको सानदार जितका लागि टिमको नेतृत्वसँगै दुई गोल र दुई असिस्ट गरे । यससँगै शीर्ष प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई आफ्नो टिम उत्कृष्ट रहेको सचेत गराएका छन् । पछिल्लो सिजनभन्दा यसपटक बार्सा उत्कृष्ट प्रदर्शन गर्ने धुनमा छ ।
मेसीसँगै हुएस्काविरुद्ध लुइस सुआरेज, इभान राकिटिक, ओस्माने डेम्बले र जोर्डी अल्बाले पनि गोलको योगदान दिएका थिए । मेसीले खेलको अन्तिम समयमा पेनाल्टी सुआरेजलाई दिएका थिए । शनिबार रियलले लिगानेसलाई ४–१ ले पराजित गरेको थियो । बार्साका लागि रियल सोसिडाडसागको अबको खेल एक चुनौतीपूर्ण हुनसक्ने अनुमान गरिएको छ । किनकी बार्साले सोसिडाडको मैदान एनोइटामा पछिल्ले केही बर्ष निकैनै संघर्ष गर्नुपरेको छ । तर,मेसीको नेतृत्वमा लय समातेको बार्सिलोना अपराजित यात्रा तय गर्ने सुरमा देखिन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]