7 years ago
September 5, 2018
बार्सिलोना (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियानल मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थानले रियल म्याड्रिड कमजोर भएको बताएका छन् ।

रियल म्याड्रिडमा पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेसँगै उनी ८८ मिलियन पाउण्डमा युभेन्ट्स पुगेका थिए । रियलले एटलेटिको मड्रिडसँग युएईएफए सुपर कपको उपाधि गुमाउन पुगेको थियो । तर, यस सिजनको ला लिगामा भने आफ्ना सुरुआती तीन खेलमा जित हात पारेको छ । क्लबले तीनै खेलमा सहज जित दर्ता गर्दै रोनाल्डोको कमि महसुस हुन दिएको छैन । तर लामो समयसम्म त्यसै प्रदर्शनलाई निरन्तरता दिन भने कठिन हुनेछ ।
हाल रियलसँय नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइ छन् । उनले रियलमा नियुक्ती भएसँगै विश्वकप सुरुहुनु केहि दिन अघि स्पेनिस राष्ट्रिय टोलीको प्रशिक्षकबाट राजिनामा दिएका थिए । क्याटलान रेडियोसँग कुरा गर्दै मेसीले भन, ‘रोनाल्डो बाहिरिनुले रियल कमजोर बनेको छ भने हाल युभेन्ट्समा सुधार अएको छ । रियल मड्रिड विश्वको सबैभन्दा राम्रो टिम मध्य एक हो । तर, रोनाल्डो बिना रियल त्यती राम्रो देखिदैन् र हाल च्याम्पियनस लिग जित्ने मध्यमा युभेन्ट्स एक बनेको छ ।’

मेसीले थपे, ‘उनले मलगायत सबैलाई आश्चर्याचकित पारे । मैले विश्वास गरेको थिइन की उनी रियल छोडेर युभेन्ट्स जानेछन् । उनलाई चाहने धेरै टिम थिए । तर, म आश्चर्यचकित भएपनि उनी एक राम्रो टिममा पुगेका छन् ।’ अब बार्सिलोनासँग च्याम्पियनस लिग जित्ने मौका रहेको मेस्सीले बताएका छन् । मेसीले बार्सामा रहेर चार पटक च्याम्पियनस लिग उपाधि जितेका छन् ।
बार्सिलोनाले पछिल्लोपटक सन् २०१५ मा च्याम्पियन्स लिग जितेको थियो । पछिल्ला तीन बर्ष लगातार क्वाटरफाइनलबाट बाहिरिएको बार्साका लागि यो वर्ष टिम राम्रो भएकाले च्याम्पियनस लिग जित्न सक्ने मेस्सीको दावी छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]