7 years ago
September 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेन राष्ट्रिय टिमका फरवार्ड डिएगो कोस्टाले राष्ट्रिय टिमबाट नखेल्ने भएका छन् । उनले आफ्नो व्यक्तीगत कारण देखाउदै युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन् ।

स्पेनले युइएफए नेश्नल लिगमा इंग्लयान्ड र क्रोएसियासँग खेल्दै छ । समूह ए चारमा रहेको स्पेनले शनिबार बेम्बलीमा इंग्लयान्डको सामना गर्ने छ । एटलेटिको मड्रिडका २९ बर्षीय स्ट्राइकरको स्थानमा ३१ बर्षीय सेल्टा भिगोका स्ट्राइगर इयागो आस्पास टोलीमा परेका छन् । कोस्टाले यसअघि ब्राजिलको राष्ट्रिय टोलीको जर्सी पनि लगाएका थिए । उनले ब्राजिलको टोलीमा रहेर खेल्न नपाएपछि स्पेन रोजेका थिए ।
स्पेन लुइस एनरिकेको प्रशिक्षणमा पहिलो अन्तराष्ट्रिय खेल खेल्दै छ । उनले आफ्नो पहिलो टोलीको घोषणा शुक्रबार सार्वजनिक गरे । एनरिकेले बार्साका खेलाडी जोर्डी अल्बा, एटलेटिकोका कोकेलगायत आन्द्रे इनिस्टा, डेविड सिल्भा र जिरार्ड पिकेलाई टोलीमा समावेश गरेका छैनन् । उनीहरु रुस विश्वकपमा स्पेन शीर्ष १६ बाट बाहिरिदा टोलीमा परेका थिए ।
यसपटक चार जना चेल्सी खेलाडी पनि टोलीमा समावेश भएका छन् । मार्कोस अलान्सो, अल्भारो मोराटो, सेसर एज्पीलिक्वेटा र केपा अरिजबालागा समावेश भएका हुन् । रियल बेटिसका गोलकिपर पाउ लोपेज, भयलेन्सियाका फुल–ब्याक जोसे गाया र रियल मड्रिडका मिडफिल्डर डेन कबेलोस डेब्युको प्रतिक्षामा रहेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]