7 years ago
September 5, 2018
पेरिस– रुस विश्वकप विजेता फ्रान्स आफ्नो कप्तान ह्युगो लोरिस विना पहिलो पटक मैदानमा उत्रिने भएको छ । विश्वकप पछि पहिलो पटक मैदानमा प्रवेश गर्दै गरेको फ्रान्स राष्ट्रिय टोली आफ्नो पहिलो मैत्रिपुर्ण खेलमा जर्मनीको सामना गर्दैै छ ।

बिहिबार लोरिसको स्थान बेन्जामिन लेकोम्टेले लिने प्रशिक्षक डिडिएर देशच्याम्पले बताएका छन् । लोरिस दुई खेलका लागि मैदान बाहिर रहने छन् । युवा फ्रान्सेली टिमले विश्वकपको फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो । जसमा एन्टोनी ग्रिजम्यानले आफ्नो स्टारडम जिवित राखे । युवा खेलाडी किलीयन एमबाप्पे ६० वर्षपछि विश्वकपको फाइनल खेलमा गोल गर्ने पहिलो युवा खेलाडी बने ।
यसअघि ब्राजिलियन पेले विश्वकपको फाइनल खेलमा गोल गर्ने पहिलो युवा खेलाडी बनेका थिए । युइएफए नेसन्स लिगको उद्घाटन खेलमा फ्रान्सले जर्मनीको सामना गर्न लागेको हो । जुन नयाँ प्रतियोगिता हो । जुन विशेष गरि अनुकुल अन्तराष्ट्रियकरणको प्रतिस्थापन गर्न उक्त प्रतियोगिताको आयोजना गरिएको थियो । डेसच्याम्पले पछिल्लो हप्ता आफ्नो २३ सदस्यीय टिमको घोषणा गरेका थिए । फ्रान्सले पहिलो पटक १९९८ मा आफ्नै घरेलु मैदानमा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]