7 years ago
September 5, 2018
मिलान (एजेन्सी) – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन लिग पुगेपछि त्यहाँको आर्थिक अवस्था उथलपुथल भएको छ । १ सय मिलियन युरोमा युभेन्ट्स पुगेका रोनाल्डोको तलब पनि निकै धेरै छ ।

यसअघि सर्वाधिक कमाउने खेलाडी रहेका गोन्जोलो हिगुआइनभन्दा रोनाल्डोको कमाई तीन गुणा बढी छ । पूर्व रियल मड्रिड स्टार खेलाडी रोनाल्डो सिरी–ए मा सबैभन्दा बढि कमाउने खेलाडीको शीर्षस्थानमा छन् । ग्याजेट डेलो समाचारका अनुसार उनको कमाई सिरी–ए मा सर्वाधिक कमाइ गर्ने शीर्ष दोस्रो खेलाडी भन्दा तीन गुणा बढी रहेका छ । यद्यपी रियलबाट ८८ मिलियन पाउण्डमा उनी युभेन्ट्स पुगेपनि आफुलाई उत्कृष्ट प्रमाणीत गर्न सकेका छैनन् ।
३३ बर्षीय रोनाल्डोले सिरी–ए का तीन खेल खेली सक्दा पनि कुनै गोल गर्न सकेका छैनन् । रोनाल्डोले प्रतिबर्ष कर विना ३१ मिलियन युरो कमाउँछन् । उनको साप्ताहीक कमाई ५३८,००० पाउण्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा पूर्व युभेन्ट्स खेलाडी गोन्जोलो हिगुइन रहेका छन् । उनले एसी मिलानमा प्रतिबर्ष ९.५ मिलियन युरो कमाउछन् । साप्ताहिक रुपमा उनको कमाई १६५,००० पाउण्ड हो ।

सिरी–ए मा सबैभन्दा धेरै कमाउने खेलाडी :
१. क्रिस्टियानो रोनाल्डो– ३१ मिलियन युरो (युभेन्ट्स)
२. गोन्जालो हिगुइन– ९.५ मिलियन युरो (एसी मिलान)
३. पाउलो डिबाला– ७ मिलियन युरो (युभेन्ट्स)
४. मिरालेम प्यानिच – ६.५ मिलियन युरो (युभेन्ट्स)
५. डग्लास कोस्टा– ६ मिलियन युरो (युभेन्ट्स)
६. जियाननालुइजि डोनारुमा– ६ मिलियन युरो (एसी मिलान)
७. लिओनार्डो बोनुची – ५.५ मिलियन युरो (युभेन्ट्स)
८. एम्रे च्यान – ५ मिलियन युरो (युभेन्ट्स)
९. लोरेन्जो इन्सिग्ने– ४.६ मिलियन युरो (नेपोली)
१०. माउरो इकार्डी– ४.५ मिलियन युरो (इन्टर मिलान)
१०. इडिन जेको– ४.५ मिलियन युरो (रोमा)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]