7 years ago
September 5, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् । उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३.३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।

स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । सोहि कारण म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई कर छलिको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको हो । मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा सन् २०११ मा तस्बिर अधिकार सम्बन्धि कम्पनिको कमाई लुकाएको आरोप लागेको थियो । उनलाई १.९ मिलियन युरोको जरिवाना लगाइएको छ ।
ईएल मुन्डो रिपोर्टका अनुसार केही दिनमा यसबारे अदालतमा वकालत हुने बताईएको छ । सन् २०११ र २०१२ मा क्र छली शुल्कमाथि मोउरिन्होसँग एक सम्झौता गरेको थियो । पछिल्लो बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले केहि जवाफ दिएको छैन । मैले बहस पनि गरेको छैन । मैले राज्यलाई आवश्यक जरिवाना भुक्तान गरेको छु र हस्तारक्षर गरेको छु । केश बन्द भएको छ ।’ स्पेनीस कर एजेन्सी तत्काल टिप्पणीका लागि त्यहाँ उपलब्ध थिएन् ।
स्पेनिस अदातले बार्सिलोनाका लिओनल मेस्सी र पूर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि यसै सम्बन्धमा रहेर कर छलिको आरोप लगाएको थियो । दुवै खेलाडीको केस पनि यसैअनुसार समाप्त भइसकेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]