default_image

7 years ago

September 5, 2018

‘रोनाल्डोभन्दा मोड्रीच उत्कृष्ट खेलाडी’ – सर्जियो रामोस

132 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीचले राम्रो प्रदर्शन गरेका कारण क्रोएसियाका मिडफिल्डर नै उपाधि हकदार भएको बताएका छन् ।

गत साता फ्रान्सको मोनाकोमा भएको यूईएफए अवार्ड समारोहबाट लुका मोड्रीचले उत्कृष्ट पुरुष खेलाडीको उपाधि जित्दै घर फर्किए । रियल म्याड्रिडले पछिल्लो सिजन च्याम्पियन्स लिग जित्दा मोड्रीचको भूमिका महत्वपूर्ण थियो । मोड्रीचकै कप्तानीमा विश्वकप फुटबलको फाइनलमा फ्रान्ससंग ४-२ को हार बेहोरेको क्रोएसियालाई त्यस ठाउँसम्म पुर्याउन मोड्रीच नायक बनेका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा उत्कृष्ट लयलाई गत सिजन समेत कायम राखेका थिए । उनी भने मोड्रीचले युईएफए अवार्ड जितेकोमा खुसी थिएनन् । त्यसैकारण समेत उनी अवार्ड समारोहमा समेत उपस्थित भएनन् । यसैबीच रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले भने रोनाल्डो मोड्रीचले अवार्ड जितेकोमा भन्दा आफुले नाजितेकोमा दुखि रहेको बताएका छन् । उनले भने, “मलाई लाग्दैन कि मोड्रीचले अवार्ड जितेकोमा रोनाल्डो दुखि छन् । उनी आफुले नाजितेकोमा दुखि भएको हुन सक्छन् ।’

रामोसले थपे, ‘मेरो बिचारमा सो अवार्ड कसैले पाउनु पर्छ त्यो मोड्रीच नै हो । उनी गत सिजनको उत्कृष्ट खेलाडी थिए । ‘ रोनाल्डोभने आफ्नो नयाँ टोलि युभेन्ट्ससंग इटालीमा रहेका छन् । घरेलु लिगमा गोलको खाता खोल्न नसकेका रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो लय कायम राख्ने लक्ष्यमा छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.