default_image

7 years ago

September 5, 2018

यु–१८ टोलीको घोषणा

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा दुई सातापछि आयोजना हुने एसियन स्कुल यु–१८ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ ।

विराटनगरमा भैरहेको प्रशिक्षणबाट दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । बन्द प्रशिक्षणमा २४ खेलाडी रहेका थिए । खेलाडी छनोट मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ, प्रशिक्षक पासाङ तामाङ र गोलकिपर प्रशिक्षक चक्र तामाङले गरेका हुन् । अन्तिम नामावालीमा नपरेका चार खेलाडीलाई पनि वैकलिपक खेलाडीको सुचीमा राखिएको छ । उनीहरुले टिममा रहेका कुनै पनि खेलाडी घाइते वा अनुशासन कारवाहीमा परेमा पोजिसन अनुसार प्राथमिकतामा राखिने प्रशिक्षकहरुले बताएका छन् ।
एसियन स्कुल यु–१८ च्याम्पियनसिप भारको आग्रा शहरमा २० सेप्टेम्वरबाट ३० सेप्टेम्वरसम्म हुदैछ । नेपाली टिमले करिव एक महिनाअघिबाट विराटनगरमा विशेष प्रशिक्षण गरेको थियो ।

नेपाली टोली

१.विष्णुकुमार केसी (गोलरक्षक)
२. विशाल सुनार (गोलरक्षक)
३.सुर्य अधिकारी (गोलरक्षक)

४. विकास खवास (डिफेन्स)
५.नवीन गुरुङ (डिफेन्स)
६.राजन गुरुङ (डिफेन्स)
७.असिम गुरुङ (डिफेन्स)
८.रन्दिप पौड्याल (डिफेन्स)
९. संजित राई (डिफेन्स)

१०. नितिन थापा (मिडफिल्ड)
११. मनिष थापा (मिडफिल्ड) उप–कप्तान
१२.जय गुरुङ (मिडफिल्ड)
१३. सेसेहाङ आङदेम्वे (मिडफिल्ड)
१४. सुरज ठकुरी (मिडफिल्ड)
१५. अनिल महर्जन (मिडफिल्ड)

१६. दिनेश हेन्जन (फरवार्ड) कप्तान
१७. बुुद्ध बल तामाङ (फरवार्ड)
१८. रितिक खड्का (फरवार्ड)
१९. अनुप गुरुङ (फरवार्ड)
२०.टिका गुरुङ (फरवार्ड)

वैकल्पिक खेलाडी
१. आकाश रानाभाट (गोलरक्षक)
२. पवन शाही (डिफेन्स)
३.विवेक राई (मिडफिल्ड)
४.दर्शन गुरुङ (फरवार्ड)
टिम म्यानेजरमा रुपेश अधिकारी रहेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.