7 years ago
September 6, 2018
लिस्वन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज राति विश्व उपविजेता क्रोएसियाले पोर्चुगलको भ्रमण गर्दैछ । पोर्चुगल र क्रोएसियाबीचको खेल इस्टेडियो डु अल्गरभमा बिहिबार राति १२ः३० बजेपछि शुरु हुनेछ ।

गत जुन/जुलाईमा भएको विश्वकप फुटबल पछि पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन लागेको हो । यसबीचमा घरेलु क्लब लिगका तीन देखि चार चरणका खेलहरु सकिएका छन् । मैत्रीपूर्ण खेलमा पोर्चुगलबाट कप्तान क्रिष्टियानो रोनाल्डो उपलब्ध हुने छैनन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई विश्राममा राख्दै युवा प्रतिभा आन्द्रे गोमेज र गोन्कालो गुइडिजलाई टिममा सामावेश गरेको छ ।
यता विश्व उपविजेता टिम क्रोएसियाले आफ्नो स्टार खेलाडीद्धय कप्तान लुका मोड्रिच र इभान राकिटिकलाई टिममा समावेश गरेको छ । राकिटिकले यही खेलबाट राष्ट्रिय टिमबाट १०० क्याप जित्नेछन् । पोर्चुगलले रोनाल्डोविनाको मैत्रीपूर्ण खेलमा अपेक्षाकृत प्रदर्शन गरिहेका छन् । तर, रोनाल्डोको अनुपस्थिति बलियो क्रोएसियाबीचको खेलमा खड्किन सक्नेछ । प्रशिक्षक फर्नान्डो सान्तोषको टोलीले ११ मध्ये पछिल्ला आठ खेलमा राम्रो गोल औसतमा जित निकालेका छन् ।

सन् २०१८ को तीन मैत्रीपूर्ण खेल क्रोएसियाको लागि भने सुखद रहेको छैन । क्रोएसिया रसिया विश्वकपको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । २०१६ को युरोकप विजेता पोर्चुगल प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भएको थियो । हेड टु हेडमा पोर्चुगल क्रोएसियामाथि हावी छ । अहिलेसम्म यि दुई टिमले तीन खेलमा प्रतिस्पर्धा गर्दा पोर्चुगलले दुई खेलमा विजयी र एक खेल बरारबरी खेलेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]