default_image

7 years ago

September 6, 2018

‘मेसी अझ धेरै च्याम्पियन्स लिग उपाधि जित्न सक्षम छन्’

117 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – युरोपमा पाएको सफलताका आधारमा लियोनल मेसीले अझ धेरै च्याम्पियन्स लिग उपाधी जित्न सक्षम रहेको फरवार्ड लुईस सुआरेजले बताएका छन् । बार्सिलोनाका स्टार मेसीले ५ ब्यालोन डी’ओर उपाधी आफ्नो नाम गर्दा चार च्याम्पियन्स लिग सहित ३३ उपाधी जितेका छन् ।

बार्सिलोनामा उनकै सहकर्मी रहँदै आएका सुआरेजले भने, ‘विश्वकप र च्याम्पियन्स लिग पछी मेसी थप उर्जाशील भएका छन् । अहिले उनी हाम्रो कप्तान हुन् र उनी अझ ट्रफी जित्न आतुर छन् । हाम्रो टोली र प्रशिक्षक उच्च स्तरको भएकाले हामी कुनैपनि ट्रफी जित्न सक्षम छौं । च्याम्पियन्स लिग जित्नको लागि धेरै अप्ठेरो प्रतियोगिता हो तर मेसी आफू एक्लै यो प्रतियोगिता जिताउने क्षमता राख्छन् । उनी सहयोगी छन् त्यसैले पनि हामी अझ धेरै बलियो हुन जरुरि छ । ‘

नियमित कप्तान आन्द्रेस इनीएस्टा युरोपियन फुटबल छाडेर जापान गएपछि नयाँ कप्तान बनेका मेस्सीले यस अघि नै यो सिजन आफ्नो टोलीले च्याम्पियन्स लिग जित्न हरसम्भव प्रयास गर्ने बताएका छन् । सुआरेजले भने, ‘उनले हामीलाई राम्रो खेल्न दिएको दवाबको विषयमा चर्चा गर्यौं । तर त्यो दवाबले उनी ट्रफी जित्न कति भोको छन् भन्ने बुझाउँछ ।’

आफ्नो भविष्यको फुटबल करियरका विषयमा बोल्दै उनले भने, ‘ मेरो परिवार खुशी छन् र हामी तेस्रो सन्तानको अपेक्षामा छौं । म त्यो क्लबमा छु जहाँ म हुन खोज्थें । बार्सिलोनामा आएपछि मैले विशेषगरी सन् २०१४ को विश्वकप फुटबलमा जे भएको थियो त्यसपछि धेरै सहयोग पाएको छु । म क्लबलाई सकेसम्म धेरै सहयोग पुर्याउन चाहन्छु। ‘

सुआरेजले थपे , ‘ मलाई थाहा छ बार्सिलोनाबाट सन्यास घोषणा गर्न धेरै गाह्रो काम हो । म खेल्न नसक्ने भएको दिन बिदाई लिनेछु र बार्सिलोनाबाट नै सन्यास लिनु मेरो सपना रहेको छ । ‘

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.