7 years ago
September 6, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपालले साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानविरुद्ध अग्रता लिएको छ । अनन्त तामाङको गोलबाट नेपालले २१ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अनन्तले सिक्स याडबक्सको लाइनबाट हेड गोल गरेका थिए ।

भुटानविरुद्ध गोल गरेपछि अनन्त तामाङ । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद
राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल हो । उनले एएफसी सोलिडारिटी कपमा लाउसविरुद्ध २–२ को बराबरीमा १ गोल गरेका थिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानले आयोजक बंगलादेशसँग २–० को हार बेहोरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]