default_image

7 years ago

September 6, 2018

पहिलो हाफमा भुटानविरुद्ध नेपालको १–० को अग्रता

81 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – नेपालले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानविरुद्ध खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । खेलको सुरुवातबाटै खेल नियन्त्रणमा राखेको नेपालले अनन्त तामाङको गोलबाट नेपालले २१ औं मिनेटमा अग्रता लिएको थियो ।

भुटानविरुद्ध गोल गरेपछि नेपाली टोली । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद

सुनिल बलको कर्नरमा अनन्तले सिक्स याडबक्सको लाइनबाट हेड गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल हो । उनले एएफसी सोलिडारिटी कपमा लाउसविरुद्ध २–२ को बराबरीमा १ गोल गरेका थिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानले आयोजक बंगलादेशसँग २–० को हार बेहोरेको थियो ।

सुजल श्रेष्ठ प्रहार गर्ने क्रममा । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद

नेपालले अहिलेको अग्रतालाई जोगाउन सके सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्छ । आजको खेल बराबरीमा टुंगिए वा गुमाएमा भने अघिल्लो चरणको यात्रा कठिन हुनेछ । नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्देछ ।

सुनिल बल बल अगाडी बढाउँदै । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद

पाकिस्तानसँगको खेल भन्दा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान विराज महर्जनसहित ३ खेलाडी परिवर्तन गरेका थिए । जसमा फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् । दीनेश राजवंशी, विशाल राई र सुनिल बल आज पहिलो राजाइमा परेका थिए । राइट विङ्सबाट खेलका सुनिल भुटानविरुद्ध प्रभावकारी देखिएका छन् ।

अन्जन विष्ट खेलका क्रममा । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.