7 years ago
September 6, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपालले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानविरुद्ध खेलको दोस्रो हाफमा ३–० को अग्रता लिएको छ । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि दोस्रो गोल सुनिल बलले गरेका छन् । ७० औं मिनेटमा सुनिलले गोलअन्तरलाई दोब्बर पारेका थिए । ७९ औं मिनेटमा भरतले ३-० बनाए ।

भुटानविरुद्ध गोल गरेपछि सुनिल बल । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद
परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो गोल हो । आफ्नो तेस्रो खेलमा सुनिल गोल गर्न सफल भएका थिए । निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको छ । लगत्तै वैकल्पिक खेलाडी भरतले सुन्दर फिनिस गर्दै नेपाललाई ३-० ले अगाडी बढाए ।
नीराजनलाई फाउल गर्ने निमाले त्यसअघि पनि पहेलो कार्डको त्यसअघि अनन्त तामाङको गोलबाट नेपालले २१ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अनन्तले सिक्स याडबक्सको लाइनबाट हेड गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल हो । उनले एएफसी सोलिडारिटी कपमा लाउसविरुद्ध २–२ को बराबरीमा १ गोल गरेका थिए ।

भुटानविरुद्ध गोल गरेपछि अनन्त तामाङ । तस्बिर: विवेक सुवेदी /हाम्रो खेलकुद
पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानले आयोजक बंगलादेशसँग २–० को हार बेहोरेको थियो । नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्देछ । पाकिस्तानसँगको खेल भन्दा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान विराज महर्जनसहित ३ खेलाडी परिवर्तन गरेका थिए । जसमा फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।
दीनेश राजवंशी, विशाल राई र सुनिल बल आज पहिलो राजाइमा परेका थिए । राइट विङ्सबाट खेलका सुनिल भुटानविरुद्ध प्रभावकारी देखिएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]