default_image

7 years ago

September 6, 2018

भुटानविरुद्ध नेपालको फराकिलो जित, सुनिलको उच्च प्रदर्शन

136 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् ।

गोलपछि खुसी साट्दै नेपाली टोली । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

नियमित कप्तान विराज महर्जनसहित नवयुग श्रेष्ठ र भरत खवासलाई पहिलो रोजाइमा नराखेका बालगोपाल महर्जनको टोलीले पहिलो हाफबाट भुटानमाथि दबाब सृजना गरेको थियो । अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको थियो । दोस्रो हाफमा सुनिल, भरत खवास र लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका नीराजन खड्काले गोल गरेका थिए ।

गोलपछि खुसी साट्दै नेपाली टोली । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

२१ औं मिनेटमा अनन्तले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका दिए । सुनिलको कर्नरमा अनन्तले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । दोस्रो गोल ७० औं मिनेटमा सुनिल आफैले गरे । परिवर्तित नीराजन खड्कालाई निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यहि रिबाउन्डमा सुनिलले गोल गरेका थिए ।

गोलपछि खुसी मनाउँदै सुनिल बल । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

राष्ट्रिय टोलीका लागि सुनिललको यो पहिलो गोल हो । आफ्नो तेस्रो खेलमा सुनिल गोल गर्न सफल भएका थिए । निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको छ । नीराजनलाई फाउल गर्ने निमाले त्यसअघि पनि पहेलो कार्ड पाएका थिए । मैदान प्रवेशको तीन मिनेटमै भरतले पनि गोल गर्न सफल भए ।

गोल गर्ने क्रममा भरत खवास । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

व्यक्तिगत प्रदर्शनमा भारतले ७९ औं मिनेटमा गोल गरे । राष्ट्रिय टोलीबाट उनको त्यो १० औं गोल थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा नीराजनले हेड गोल गर्दै नेपालको जित सहज बनाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए । नीराजन विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

गोलपछि खुसी मनाउँदै निराजन खड्का । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

आजै हुने अर्को खेलमा पहिलो खेल जितेका दुई टोली आयोजक बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको नतिजाले पनि नेपालको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ ।

नतिजा

नेपाल ४–० भुटान
गोल अनन्त तामाङ २१, सुनिल बल ७१, भरत खवास ७९, नीराजन खड्का ८८

नेपाली टोली –किरण चेम्जोङ (गोलकिपर, कप्तान), आदित्य चौधरी, दीनेश राजवंशी (विराज महर्जन ८४), सुमन अर्याल, अनन्त तामाङ, रोहित चन्द, विशाल राई (नीराजन खड्का ६३) , सुनिल बल, सुजल श्रेष्ठ, अन्जन विष्ट (भरत खवास ७६), विमल घर्तिमगर

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.