7 years ago
September 6, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दा सुनिल बलले उत्कृष्ट प्रदर्शन गरे । सिनियर राष्ट्रिय टोलीमा तेस्रो पटक खेलिरहेका सुनील पहिलो पटक सुरुआती रोजाइमा परेका थिए ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
भुटानविरुद्ध सुनीलले १ गोल गर्नुका साथै २ असिस्ट प्रदान गरेका थिए । २१ औं मिनेटमा सुनीलकै कर्नरमा अनन्त तामाङले हेडरमार्फत गोल गरेका थिए । ७१ औं मिनेटमा विमल घर्तिमगरको पेनाल्टी गोलरक्षकले रोकेपछि फर्केर आएको बलमा उनले गोल गरे । ८८ औं मिनेटमा उनकै कर्नरमा निराजन खड्काले गोल गरेका थिए ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
२० वर्षीय सुनीलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । उमेर समुहमा पनि उनले लगभग सबै प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । हेटौंडा घर भएका सुनिलले एन्फा एकडेमीमा रहेर आफ्नो बाल्यकाल बिताए । विमल घर्तिमगर, अन्जन विष्ट, अनन्त तामाङ जस्ता खेलाडीको ब्याच रहेकाले उनको नाम कमै चर्चामा रहेको हो ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्ने टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनकै फ्रिकिकमा नेपालले उक्त प्रतियोगिताको सेमिफाइनलमा उपाधि दावेदार मानिएको अफगानिस्तानलाई पराजित गरेको थियो । उनी इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा पनि टोलीमा रहेका थिए । घरेलु फुटबलमा उनी रुस्लान थ्री स्टार क्लबबाट खेल्ने गरेका छन् । त्यसअघि उनले संकटा र सुदूरपश्चिम फुटबल क्लबबाट पनि खेलेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]