7 years ago
September 6, 2018
प्रकाश तिमल्सिना
ढाका – राष्ट्रिय टोलीका नियमित कप्तान एवं रक्षक विराज महर्जन नेपाली फुटबलले बारम्बार सम्झिरहने नाम बनेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा बिहीबार भुटानविरुद्ध खेलेबाट विराजले राष्ट्रिय टोलीका लागि सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । त्यो उनको ६९ औं खेल थियो ।

खेलपछि कप्तान बिराज महर्जन । तस्बिर : विवेक सुवेदी
यसअघि सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा पूर्व कप्तान राजुकाजी शाक्यले । शाक्यले खेल्न छाडेको २१ वर्षपछि विराजले उनको कीर्तिमानलाई उछिनेका छन् । विराजले एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा यो उपलब्धी हासिल गरेका थिए । संयोग नै मान्नुपर्छ परिवर्तित खेलाडीका रुपमा डेब्यू गरेका विराजले परिवर्तित खेलाडीकै यो कोसेढुंगा पार गरेका छन् ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । भुटानविरुद्ध पनि उनले परिवर्तित खेलाडकिै रुपमा मैदान प्रवेश गरेर कीर्तिमान बनाएका छन् । विराज ८४ औं मिनेटमा दिनेश राजवंशीको सट्टा मैदान प्रवेश गरेका थिए । उनले पहिलो रोजाइमा नपरेको मात्र दुःख मनाउने गरेनन् । ‘मलाई पहिले नै थाहा थियो । आज म पहिलो रोजाइमा थिइन’, खेल पछि विराजले भने, ‘आज हाम्रो लागि तीन अंक महत्वपूर्ण थियो । त्यसमा सफल भएका छौं । हामी सुरक्षित अवस्थामा रहेपछि मेरो विषयमा पनि प्रशिक्षकले भन्नु भएको थियो ।’

एउटा खेलाडीका रुपमा जुन कीर्तिमान बनाउन सफल भएकोमा विराजले आफुलाई भाग्यमानी ठानेका छन् । ‘गर्व महसुस भएको छ । टिम जितेको खेलमा आफ्नो पनि कीर्तिमान बन्दा छुट्टै खालको रमाइलो हुने रहेछ’, विराजले खुसी साटे, ‘मैले डेब्यू गर्दा र अहिलेको टोलीमा धेरै परिवर्तन भइरहेको छ । नयाँ खेलाडी आएका छन् । मेरो सिनियरहरु धेरैले छोडिसक्नु भएको छ ।’
सन् १९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेयता नेपाली फुटबल दुई दशक भन्दा लामो समय उपाधि विहिन रहेको थियो । तर, २०७२ माघदेखि २०७३ कात्तिक सम्म नेपाली टोलीले तीन उपाधि जित्यो । ती तीनै उपलब्धिका नेतृत्वकर्ता उनी विराज थिए । २०७२ को माघमा बंगबन्धु गोल्ड कप जितेको नेपालले त्यहि बर्ष फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । यू २३ ले खेल्ने साग भएपनि ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार विराजले त्यो टोलीको पनि नेतृत्व गरका थिए ।

२०७३ कात्तिकमा नेपालले एएफसी सोलिडारिटी कप जित्दा मैदानमा उनै कप्तान थिए । यद्दपी सोलिडारिटीमा अनिल गुरुङलाई कप्तानका रुपमा घोषणा गरिएपनि अधिकांश खेलमा विराजले नै कप्तानी गरेका थिए । एन्फा एकेडेमी दोस्रो ब्याचको उत्पादन विराजले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि पहिलो पल्ट खेलेका थिए । डेब्यू गरेका थिए । उनी ८९औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान छिदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । भारतविरुद्ध दुई वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा विराजले नेपालका लागि ५० औं खेल खेले पूरा गरेका थिए ।
उनले कप्तानीको पहिलो अवसर भने केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा पाएका थिए । जति बेला नेपालले लिग चरणको आफ्नो दोस्रो खेलमा भारतसँग खेलेको थियो । श्रीलंकाविरुद्धको पहिलो खेलमा अनिल गुरुङ कप्तान थिए । भारतविरुद्ध दोस्रो खेलमा भने अनिलले सुरुदेखि खेल्ने मौका पाएनन् । जसका कारण विराज कप्तान बने । कीर्तिमानसँग अब उनले सन्यासको पनि सोच बनाएका छन् । यद्दपी औपचारिक रुपमा कहिलेबाट विश्राम लिने भन्नेमा भने उनी खुल्न चाहेका छैनन् । ‘अब विश्राम लिनुपर्छ भन्ने सोच छ, उनले भने, नयाँ भाईहरुलाई मौका दिन पनि त्यो जरुरी छ’, उनले टुंग्याए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]