7 years ago
September 7, 2018
म्याड्रिड (एजेन्सी) – पूर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् । तर, रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् ।

रियलका लागि खेलिसकेका म्याकमानमानले पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् । पाँच पटकका ब्यालोन डीओर विजेता रोनाल्डो यसै सिजन रियल छाडेर युभेन्ट्स पुगेका हुन् । उनी रियलबाट १०० मिलियन युरोमा युभेन्ट्समा अनुबन्धित भए । उनी सिरी–ए मा सबै भन्दा बढी कमाइ गर्ने खेलाडीको शीर्षस्थानमा समेत छन् । रियलले रोनाल्डो बिक्री गर्ने बित्तीकै नेयमार, एमबाप्पे वा इडेन हाजार्डलाई अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो ।
ट्रान्सफर विन्डोमा सम्बन्धित क्लबहरुले खेलाडी बेच्न आनकानी गर्दा रियल नयाँ स्टार भित्र्याउन असफल रह्यो । रियलले रोनाल्डोको ७ नम्बर जर्सी यसै सिजन रियलमा फर्केका मारियानो डियाजलाई दिएको छ । रियलले नेयमार र एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्न चाहेपनि पीएसजीले प्रस्ताव अस्विकार गरेको थियो । म्याकमानमानका अनुसार फ्रान्स विश्वकप विजेता एमबाप्पे धेरै राम्रो छन् । तर पनि पेरेजको नजर ब्राजिलियन फरवार्ड नेयमार प्रति अडिग छ ।
‘यदि नेयमार क्लबमा भित्रिए स्थिति मुस्किल हुनेछ । किनकी उनले पहिले बार्साका लागि खेलेका थिए । मलाई थाहा छ की पेरेज वास्तवमा उनीलाई चाहन्छन् ।’ उनले थपे, ‘तर क्लबलाई यदि आउने १० वर्ष सम्मका लागि एक विश्वनसनीय स्टारको आवश्यकता छ भने मलाई लाग्छ एमबाप्पे जस्तो खेलाडी अनुबन्ध गर्नु पर्छ । किनकी उनी १९ बर्षीय एक राइजिङ स्टार युवा खेलाडी हुन् ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]