default_image

7 years ago

September 7, 2018

सपना पूरा गर्न भरत अझै दृढ

113 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका– हरेक मान्छेका आफ्नै सपना हुन्छन् । फरक मान्छे फरक सपना । तर, राष्ट्रिय टोलीमा पर्ने हरेक खेलाडीको समान सपना भनेको टोलीलाई जित दिलाउने हुन्छ । त्यसपछि आउछ व्यक्तिगत सपना । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा बिहीबार भुटानसँग खेल्दै कप्तान विराज महर्जनले नेपाललाई सर्वाधिक क्याप जित्ने सपना पुरा गरे ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

उनकै ब्याचका फरवार्ड भरत खवासको व्यक्तिगत सपना भने अझै पुरा भएको छैन । भरतले धेरै अघिदेखि नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने सपना बुनेका थिए । उनी त्यो बाटोमा छन् पनि । भुटानसँगको खेलमा गोल गर्दै उनी सर्वाधिक गोलको अझ एकदम नजिक पुगेका छन् । नेपालका लागि भरतको त्यो १० औं गोल थियो ।

नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान पूर्व कप्तान हरि खड्का र नीराजन रायमाझीको नाममा छ । उनीहरुले समान १३ गोल गरेका छन् । हरिले १३ गोलको कीर्तिमाान बनाएका थिए । नीराजनले सन् २००८ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै हरिको कीर्तिमानीसँग बराबरी गरेका थिए । हरिले भने सन् २००३ मा भएको एसियन कप छनोटमा अफगानिस्तानविरुद्ध ४-० को जितमा २ गोल गर्दै १३ गोल पूरा गरेका थिए ।

भरतले अब ३ गोल गरे दुई पूर्व फरवार्डको कीर्तिमानसँग बराबरी गर्ने छन्, ४ गोल गर्दा कीर्तिमान भंग हुनेछ । भनिन्छ, कीर्तिमान तोड्नकै लागि बनेका हुन्छन् । त्यसमा भरत पनि दृढ छन् । सायद उनलाई स्वास्थ्यसाथ दिन्थ्यो भने यो कीर्तिमानलाई उछिनी सकेका हुन्थ्ये । तर, दुर्भाग्य जति बेला अन्तर्राष्ट्रिय प्रतियोगिता नजिक हुन्छ , भरतलाइ केहि न केहि समस्या परेकै हुन्छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

पछिल्लो पटक एसियाली खेलकुदका लागि छनोटमा परेर पनि चोटका कारण उनी इन्डोनेसिया जान सकेनन् । अन्तिम समयमा उनको ठाँउमा विशाल राई सहभागी भए । चोटग्रस्त भएर उनी टोलीबाट बाहिरिनुपरेको त्यो पहिलो पटक होइन । ‘कहिले जन्डिस, कहिले हात भाँच्चिने, कहिले विरामी भएर राष्ट्रिय टोलीमा नियमित हुन सकिन,’ उनले भने, ‘नियमित हुन्थे भने सायद त्यो सर्वाधिक गोलको कीर्तिमान तोड्थें होला । अझै पनि मेरो त्यो सपना छ, कुनै दिन कीर्तिमान तोड्छु ।’

भुटानसँग उनी पहिलो रोजाइमा त पर्न सकेनन् । तर, परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर एक पटक पुरानो झझल्को दिने गरि गोल गरे । एकल प्रयासमा उनले नेपालका लागि तेस्रो गोल गरेका थिए । मैदानको मध्यभागको केहि अगाडिबाट एक्लै बल अघि बढाउँदै भुटानका दुई रक्षकलाई कटाएर उनले सेकेन्ड बारमा गोल गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि भन्डै २ वर्षपछि गोल गरेका हुन् ।

 

दुई वर्षअघि मलेसियामा भएको सोलिडारिटी कपमा नेपालले ब्रुनाइलाइ ३–० ले हराउँदा भरतले १ गोल गरेका थिए । एन्फा एकेडेमीको दोस्रो ब्याचका भरतले विराजसँगै सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । तर, विराज र उनको खेल संख्यामा भने ठूलो अन्तर छ । त्यसको मुख्य कारण नै उनको स्वास्थ्य रह्यो । विराजले ६९ क्यापको कीर्तिमान बनाउँदा भरतले ४६ क्याप मात्र जितेका छन् । ‘स्वास्थले साथ दिए अझै केहि वर्ष खेल्छु, २८ वर्षे भरतले भने, ‘५० क्याप जित्ने र सर्वाधिक गोल गर्ने खेलाडी बन्ने सपना अझै छ । व्यक्तिगत सपना भएपनि अब आफुमा हिजो जस्तै आफै खेल्नु पर्ने सोच भने नभएको भरत सुनाउँछन् ।’

‘पहिला म खेल्न पाउँछु पाउँदिन भन्न लाथ्यो । हरेक खेल खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ घरेलु फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान रहेका भरतले भने, ‘अहिले त्यस्तो हुँदैन । आफु खेल्न पाए पनि नपाए पनि टिमले जित्नुपर्छ । हामी अहिले सम्म साफ च्याम्पियनसिप जितेका छैनौं । यो उपाधि लिएर फर्कने सपना छ । मेरो सपना विस्तारै पुरा हुँदै गर्छ । मरो व्यक्तिगत सपना पुरा हुनु अघि साफ च्याम्पियनसिप जित्ने देशको सपना पुरा गर्नुछ ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.