7 years ago
September 7, 2018
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने हुदा पहिलो खेलले नै दुई टोलीको टुङ्गो लगाउनेछ । पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ । भुटानसँग पाकिस्तान पराजित भएको खन्डमा नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउनेछन् । बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ ।
बंगलादेशमा पराजित भएको खन्डमा नेपालको यात्रा गोलअन्तरमा नै भर पर्नेछ । जारी प्रतियोगिताको प्रदर्शन हेर्ने हो भने घरेलु टोली बंगलादेशलाई पराजित गर्न नेपाललाई निकै गाह्रो हुनेछ । बंगलादेशले समूह चरणमा शतप्रतिशत जित निकालेकाले पनि बंगलादेशलाई पराजित गर्न त्यति सहज हुनेछैन । बंगलादेशको बलियो डिफेन्स, छरितो मिडफिल्ड र आक्रमक फरवार्डलाई रोक्न नेपाललाई मुस्किल हुनेछ । टोपु बरमान, विप्लो अहमद, मेहबुबुर रहमान लगायतका खेलाडीलाई रोक्न नेपालको लागि चुनौतिपूर्ण हुनेछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
यता, नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो । भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४–० को सहज जित निकाल्न सफल भयो । नेपालले भुटानविरुद्धको खेलमा सबै पक्षमा चुस्त प्रर्दशन गरेको थियो । त्यही खेललाई निरन्तरता दिने सके नेपालले भुटानलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।
नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले घरेलु टोलीविरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताए । ‘हामीलाई बंगलादेशविरुद्धको खेल निकै महतवपूर्ण छ । त्यो भन्दापनि भुटान र पाकिस्तानविरुद्धको खेल झनै महत्त्वको छ । पहिलो खेलको नतिजाका आधारमा हामी घरेलु टोलीविरुद्ध रणनीति बनाउनेछौं ‘, प्रशिक्षक श्रेष्ठले प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘पहिलो खेलमा पाकिस्तान भुटानसँग पराजित भए नेपालले त्यही अनुसार खेल्नेछ । पाकिस्तान विजयी भएको खन्डमा हामी त्यही अनुसारको रणनीति बनाउनेछौं ।’

प्रशिक्षक श्रेष्ठले अघिल्लो दुई खेलको मुल्याङ्कन गर्दै बंगलादेश पनि समान स्तरकै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । उनले खेलाडीमा कुनै समस्या नरहेको बताए । नेपालका मुख्य कार्यवाहक प्रशिक्षक घांटीमा समस्या भएपछि उनका सहायक किरण श्रेष्ठ पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]