default_image

7 years ago

September 7, 2018

‘मेसी नहुँदा जर्सी नं. १० अरुले लगाउनुपर्छ’ : सर्जियो

106 views

0 Bookmark

ब्युनोस आएर्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका अर्जेन्टिनी गोलरक्षक सर्जिओ रोमेरोले राष्ट्रिय टिमका पूर्व कप्तान लियोनल मेस्सी टिममा उपस्थित नभएको अवस्थामा उनले लगाउँदै आएको जर्सी नं. १० खेलमा प्रयोगमा आउनु पर्ने बताएका छन् । सामान्यतया जर्सी नं. १० टोलीका सर्वश्रेष्ठ आक्रामक खेलाडीले लगाउने जर्सिको रुपमा मानिन्छ ।

वर्तमान अवस्थामा मेस्सीले अनिश्चितकालका लागि अर्जेन्टिनाको प्रतिनिधित्व गर्नबाट विश्राम लिने घोषणा गरेका छन् । त्यसैले उनी संयुक्त राज्य अमेरिकामा हुने गुअटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेलमा सहभागी छैनन् । म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आएका गोलरक्षक सर्जिओले भने, ‘१० नम्बरको जर्सीको सधै प्रयोग हुनु पर्छ । मैले बुझ्न सकेको छैनकी जर्सी नं. १० को प्रयोग किन भइराखेको छैन् । मैले सोधेको त छैन् । मलाई थाहा थिएन कि जर्सि नं. १० को प्रयोग भइरहेको छैन् ।’ उनले थपे, ‘सबै साथीमा यो सधै उपलब्ध रहदै आएको छ । अब कुन कारणले जर्सि नं. १० को प्रयोग भइरहेको छैन् । मलाई अहिले थाहा भयो ।’

मेस्सी विश्वकपभन्दा पहिले पूर्णरुपमा दबाबमा थिए र रुस विश्वकपमा शीर्ष १६ बाट बाहिरिएपछि उनले राष्ट्रिय टिमसँग आफ्नो भविष्यबारे गर्न टिप्पणी अस्विकार गर्दै आएका छन् । सर्जिओले भने, ‘यदि मेस्सी टिममा फर्किनन्छन् भने जर्सि नं. १० र टिमको नेतृत्व उनैले गर्ने छन् । किनकी उनी टिममा फर्किन्छन् भने यसको प्रयोग उनी बाहेक अरु कसैले गर्न सक्दैनन् । हामीलाई पहिले देखिनै थाहा छ की मेस्सी टिममा छन् भने जर्सि नं. १० उनैको हुने छ , यसको कुनै समस्या छैन ।’

गोलरक्षक सर्जियोले चोटका कारण रुस विश्वकप गुमाएका थिए । यस मैत्रीपूर्ण खेलमा सर्जियोले मेस्सी उपस्थित हुने आशा राखेका थिए । प्रशिक्षक लियोनल स्कालोनीले पनि यसबारे खुलेर बोल्न चाहेनन् । उनले भने, ‘हामीले मेस्सीसँग कुरा गर्यौं । हेरौं अर्को अन्तर्राष्ट्रिय ब्रेकमा उनी फिर्ता आउने छन् या छैनन् । तर त्यो विषयमा अहिले थप कुरा गर्नु कुनै कारण छैन् ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.