7 years ago
September 7, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ । उक्त खेलमा जित दर्ता गरे नेपाल सेमिफाइनल पुग्नेछ । अन्य नतिजा आएको खण्डमा भने नेपालको भाग्य समूहको अर्को खेलले निर्धारण गर्नेछ ।

नेपाली टोलीका मुख्य डिफेन्डर अनन्त तामाङले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । रक्षात्मक रुपमा निकै भरपर्दा डिफेन्डर अनन्त बेलाबखत आक्रमणमा पनि उत्तिकै छरिता देखिन्छन् । विशेषत: सेट पिसमा उनि विपक्षी डिफेन्सको टाउको दुखाइ नै बन्ने गरेका छन् । समूह चरणको दोस्रो खेलमा भुटानविरुद्ध उनकै गोलमा नेपालले खेलमा अग्रता लिएको थियो । उनले त्यसपछि पनि गोल गर्ने दुई सुवर्ण अवसर पाएका थिए ।
भुटानविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका अनन्त नेपाल सेमिफाइनल पुग्नेमा ढुक्क छन् । उनले नेपाली टिममा अझैपनि डिफेन्समा केही समस्या रहेको स्वीकार गर्दै त्यसलाई सुधार गर्न सके बंगलादेशमाथि जित हात पार्न सकिने बताए । ‘पाकिस्तानको खेलमा भन्दा भुटानको खेलमा राम्रो भएको छ । बंगलादेशको खेलमा पनि हामी दोस्रो खेलकै जस्तो खेल्ने लक्ष्यमा छौ,’ उनले भने ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]