7 years ago
September 7, 2018
प्रकाश तिमल्सिना
ढाका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले शनिबार आयोजकको सामना गर्दैछ । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन जित आवश्यक छ । बराबरी भएको खण्डमा नेपालले भुटान र पाकिस्तानको खेलको नतिजामा निर्भर हुनुपर्ने छ ।

भुटानविरुद्ध पछिल्लो खेलमा नेपाल ४-० ले विजयी हुँदै ३ अंक जोड्न सफल रहयो । त्यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । नेपालका कप्तान विराज महर्जनले पाकिस्तानविरुद्ध सुरुआती रोजाईमा खेलेपनि दोस्रो खेलमा भने बेन्चमा रहे । उनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै नेपालको लागि सर्वाधिक ६९ खेल खेल्ने कीर्तिमान आफ्नो नाम गरे । यसअघि उक्त कीर्तिमान ६८ क्यापसहित पूर्व कप्तान राजुकाजी शाक्यको नाममा थियो ।
कप्तान विराजले बंगलादेशसँगको खेलमा पछिल्लो खेलको लयलाई कायम गरे जित दर्ता गर्न सक्ने बताए । ‘खेल हाम्रो लागि ‘गर या मर’ को अवस्थामा छ । हामी बंगलादेशलाई पराजित गरेर सेमिफाइनल पुग्ने योजनामा हुनेछौं’, उनले भने, ‘बंगलादेशलाई जित्न नसकिने भन्ने हैन । दुवै टोली १९÷२० को अवस्थामा छ । भुटानविरुद्धको खेलको जितले टिमलाई प्रोत्साहन मिलेको छ । यही प्रदर्शनलाई हामी निरन्तर दिने योजनामा हुनेछौं । ‘
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]