default_image

7 years ago

September 7, 2018

‘नेपाल र बंगलादेशको स्तर समान’ – गोलरक्षक किरण चेम्जोङ

89 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश आमने-सामने हुँदैछन् । सेमिफाइनलमा स्थान बनाउन दुवै टोली जित दर्ता गर्न आतुर छन् । समूहको अर्को खेलमा पाकिस्तान र भुटान खेल्दैछन् । गणितीय रुपमा सबै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवितै छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका थिए । किरणले यसअघि एसियाली खेलकुदमा यू-२३ टोलीको कप्तानी गरेपनि सिनियर टोलीमा आर्मब्यान्ड लगाएको भने यो पहिलो पटक थियो । उनले खेल दौरान पनि केहि राम्रो बचाउ गरेका थिए ।

लामो समयदेखि नेपालको पहिलो रोजाईमा रहँदै आएका किरण नेपाल र बंगलादेश दुवै समान स्तरको टिम रहेको बताउँछन् । ‘दुवै टिम समान स्तरका रहेकाले बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने योजना छ । पाकिस्तानसँगको खेलमा डिफेन्सको केही कमजोरीले हामीले अन्तिम समयमा खेल गुमाएका हौं,’ उनले भने, ‘त्यसलाई हामीले भुटानविरुद्धके खेलमा सुधार गरेका थियौं । बंगलादेशविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.