default_image

7 years ago

September 8, 2018

मेसीभन्दा अगाडी हुन सलाह सक्षम थिए त ?

135 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो, लुका मोड्रीच र मोहम्मद सलाह को नाम समेटिएको फिफा उत्कृस्ट खेलाडीको मनोनयन केहि दिन अघि सार्वजनिक भयो । यो सुचिमा पर्नु पर्ने भएपनि छुटेका एक मात्र खेलाडी हुन् अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी ।

सन् २००६ यता मेस्सी यो सुचिमा १२ बर्ष लगातार पर्दै आएका थिए । उत्कृष्ट क्लब सिजनका बाबजुद फिफाको अवार्डमा मेसीलाई यस सिजन शीर्ष तीन मनोनयनमा पर्न सकेनन् । सुचिमा परेका मध्ये लुका मोड्रीचका लागि पछिल्लो सिजन सानदार थियो । क्लब फुटबलमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका मोड्रीचले विश्वकपमा आफ्नो टोलि क्रोएसियालाई फाइनलसम्म पुर्याएका थिए । यस्तै रुस विश्वकपको गोल्डेन बलको भागीदार समेत मोड्रीच बने ।

यस्तै सूचिका अर्का खेलाडी रोनाल्डोले समेत गत सिजन रियल म्याड्रिडका लागि च्याम्पियन्स लिग जिताउन प्रतियोगिताकै सर्वाधिक १५ गोल गरेका थिए । विश्वकपमा भने उनले पोर्चुगललाई राउण्ड अफ १६ बाट माथी लान सकेनन् । पछिल्लो सिजनको प्रिमियर लिगमा उत्कृस्ट प्रदर्शन गर्दै ३२ गोल गरेका सलाहले च्याम्पियन्स लिगमा समेत ११ गोल गरेका थिए । उनकै प्रेरणामा इजिप्टले विश्वकपमा स्थान बनाएपनि समुह चरणबाट माथी उठ्न सकेको थिएन ।

अर्को पक्षमा लियोनल मेस्सीको प्रदर्शन अरुको तुलना कदापि कम थिएन । बार्सिलोनालाई ला लिगा जिताउने क्रममा मेस्सीले ३४ गोल गर्न भ्याए । अर्जेन्टिनालाई विश्वकपमा लैजान समेत मेस्सीको भूमिका अतुलनिय थियो । आफ्नो प्रदर्शनका बाबजुद अर्जेन्टिनाले राउण्ड अफ १६ भन्दा अगाडी स्थान बनाउन सकेन । च्याम्पियन्स लिगमा सोचे अनुरुप प्रदर्शन नगरेपनि मेस्सिले १० खेलमा ६ गोल गरेका थिए ।

प्रतियोगितामा गोलबाहेक मेसीको नाममा सलाहको तुलनामा सर्वाधिक एसिस्ट, सर्वाधिक मौका सिर्जना, सर्वाधिक फ्री किक गोल र सर्वाधिक ड्रीबल रहेको थियो । सफलतासँगै तथ्यांकमा पनि मेसी सलाहभन्दा अगाडी नै छन् । यसका बाबजुद पनि मेसीले शीर्ष तीनमा नाम लेखाउन असफल रहे ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.