7 years ago
September 8, 2018
न्यु जर्सी (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी भएको छ । ब्राजिलले अमेरिकामाथि २–० को सहज जित निकालेको हो ।
ब्राजिलको जितमा कप्तान नेयमार र फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । न्यु जर्सीमा शनिबार बिहान भएको खेलमा ब्राजिलले रोबर्टाे फिर्मिनोको गोलबाट अग्रता बनाएको थियो । फिर्मिनोले डुगलस कोस्टाको क्रस पासमा पोस्ट नजिकैबाट गोल गरेका थिए ।
घरेलु टोलीलाई दवावमा राखेपनि ब्राजिलले त्यसपछि गोल गर्न ४३औं मिनेट कुर्नुपरेको थियो । स्टेफनले पेनाल्टी बक्समा नेयमारलाई लडाएपछि ब्राजिलले पेनाल्टीको मौका पाएको थियो । जसमा नेयमार चुकेनन् ।
पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन । यता घरेलु टोलीले गोलका केही मौकाहरु खेर फाल्दा २–० ले पराजित हुन पुग्यो ।
शनिबार बिहान नै भएको अर्काे मैत्रीपूर्ण खेलमा कोलम्वियाले भेनेजुएलामाथि २–१ को जित निकाल्यो । कोलम्वियाले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । कोलम्वियाको जितमा राडामेल फल्काओ र यिम्मी चाराले गोल गरे । भेनेजुएलाका डार्विन माचिसले गोल गरे ।
बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयमा यिम्मी चाराले गोल गर्दै कोलम्वियालाई २–१ को जित दिलाएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]