default_image

7 years ago

September 8, 2018

साफ च्याम्पियनसिपः नेपालले बंगलादेशसँग खेल्दै

121 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ सुजुकी कप अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण छ ।

गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने हुदा पहिलो खेलले नै दुई टोलीको टुङ्गो लगाउनेछ । पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ । भुटानसँग पाकिस्तान पराजित भएको खन्डमा नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउनेछन् । बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ ।

बंगलादेशमा पराजित भएको खन्डमा नेपालको यात्रा गोलअन्तरमा नै भर पर्नेछ । जारी प्रतियोगिताको प्रदर्शन हेर्ने हो भने घरेलु टोली बंगलादेशलाई पराजित गर्न नेपाललाई निकै गाह्रो हुनेछ । बंगलादेशले समूह चरणमा शतप्रतिशत जित निकालेकाले पनि बंगलादेशलाई पराजित गर्न त्यति सहज हुनेछैन । बंगलादेशको बलियो डिफेन्स, छरितो मिडफिल्ड र आक्रमक फरवार्डलाई रोक्न नेपाललाई मुस्किल हुनेछ । टोपु बरमान, विप्लो अहमद, मेहबुबुर रहमान लगायतका खेलाडीलाई रोक्न नेपालको लागि चुनौतिपूर्ण हुनेछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

यता, नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो । भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४–० को सहज जित निकाल्न सफल भयो । नेपालले भुटानविरुद्धको खेलमा सबै पक्षमा चुस्त प्रर्दशन गरेको थियो । त्यही खेललाई निरन्तरता दिने सके नेपालले भुटानलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

 

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले घरेलु टोलीविरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताए । ‘हामीलाई बंगलादेशविरुद्धको खेल निकै महतवपूर्ण छ । त्यो भन्दापनि भुटान र पाकिस्तानविरुद्धको खेल झनै महत्त्वको छ । पहिलो खेलको नतिजाका आधारमा हामी घरेलु टोलीविरुद्ध रणनीति बनाउनेछौं ‘, प्रशिक्षक श्रेष्ठले प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘पहिलो खेलमा पाकिस्तान भुटानसँग पराजित भए नेपालले त्यही अनुसार खेल्नेछ । पाकिस्तान विजयी भएको खन्डमा हामी त्यही अनुसारको रणनीति बनाउनेछौं ।’

साफ च्याम्पियनसिपमा नेपाल–बंगलादेशको हेड टु हेड
२७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश ०–२ (सार्क गोल्डकप)

२९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश १–२

११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश ०–१

१० डिसेम्वर २००५ नेपालविरुद्ध बंगलादेश ०–२

४ डिसेम्वर २०११ नेपालविरुद्ध बंगलादेश १–०

३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश २–०

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.