7 years ago
September 8, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानलाई पराजित गर्दै सेमिफाइनलको ढोका खोलेको थियो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
खेल : नेपाल विरुद्ध बंगलादेश
खेल हुने स्थान : बंगबंधु रंगशाला
खेल सुरु हुने नेपाली समय : साँझ ६:४५ बजे
प्रत्यक्ष प्रसारण : एपी वन एच डी, डीस होम एक्सन स्पोर्ट्स साथै यप टिभीबाट अनलाइन हेर्नसक्नु हुनेछ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न बंगलादेशविरुद्ध जित दर्ता गर्नुपर्ने अवस्था छ । समूहको अर्को खेलमा भुटान र पाकिस्तान पनि भिड्दै छन् । यस खेलको नतिजाले पनि नेपाल सेमिफाइनल पुग्ने समिकरणमा ठूलो भूमिका खेल्नेछ । भुटानले पाकिस्तानलाई पराजित गरेर नेपाल र बंगलादेशको खेल बराबरीमा सकिए नेपाल समूह उपविजेताको रुपमा अगाडी बढ्नेछ । नेपालसामु समूह विजेता बन्दै अगाडी बढ्ने अवसर पनि छ । यसका लागि टोलीले २ गोलको अन्तरले जित दर्ता गर्नुपर्छ अथवा पाकिस्तानले अंक गुमाए स्पष्ट जित दर्ता गरेमात्र पनि पुग्छ ।
समूह चरणमा नेपालका खेलहरु
नेपाल १-२ पाकिस्तान : सेप्टेम्बर ४
नेपाल ४-० भुटान : सेप्टेम्बर ६
नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]