default_image

7 years ago

September 8, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेश [लाइभ अपडेट]

131 views

0 Bookmark

नेपाल २-० बंगलादेश  

किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, निराजन खड्का र भरत खवास  (कप्तान)

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना

हेलो नमस्ते

अहिले हामीले बंगबन्धु रंगशालाबाट नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष लाइभ लिएर आएका छौं ।

दुवै टोलीले अहिले वाम अप गरिरहेका छन् । खेल स्थानीय समयअनुसार ७ बजेपछि शुरु हुनेछ ।
यो खेल नेपालको लागि सेमिफाइनलमा स्थान बनाउन निकै महत्वपूर्ण छ । नेपाललाई यो खेलमा निश्चित जित आवश्यक छ ।
बंगलादेशलाई बराबरीले पनि अन्तिम चारमा स्थान बनाउने छ ।
दुवै टोलीको वामअप सकिएको छ । खेल केही बेरमा शुरु हुदैछ ।
नेपाल आज निलो जर्सीमा मैदान उत्रदै छ । घरेलु टोली बंगलादेश रातो जर्सीमा मैदान उत्रदै छ ।
अहिले  फिफाको धुन बजिरहेको छ  ।
नेपालको धुन बजेको छ ।
नेपालको धुन सकिएको छ । बंगलादेशको धुन सुरु भएको छ ।
बंगलादेशको धुन सकिएको छ ।
बंगबन्धु रंगशाला दर्शकले भरिभराउ भएको छ । नेपाली समर्थकहरु पनि उल्लेख्य मात्रामा नेपालर बंगलादेशबीचको खेल हेर्न आएको छ ।
खेल शुरु भएको छ ।
खेलको तेस्रो मिनेट सकिएको छ । नेपालले शुरुमा केही दवाव झेलेको छ ।
पाँचौ मिनेटको खेल सकिएको छ । नेपालले लय समात्ने प्रयास गरेको छ ।
१०औं मिनेटको खेल सकिएको छ । दुवै टोलीले गोलको मुभ बनाउने प्रयास गरिरहेका छन् । आज नेपालले जित्नैपर्ने दवाव छ ।
१२औं मिनेट बंगलादेशले कर्नर पाएको छ । फेरि कर्नर गोलरक्षक किरण चेम्जोङद्धारा बचाउ ।
१५औं मिनेट समाप्त खेल गोलरहित बराबरीमा ।
दुवै टोलीले खेललाई तीब्र गतिमा खेलेका छन् ।
१८औं मिनेटः फरवार्ड बिमल घर्तीमगर केही घाइते देखिएका छन् ।
२०औं मिनेट बंगलादेशले फेरि कर्नर पाएको छ । कर्नरलाई नेपाली डिफेन्डरले क्लियर गरिदिएका छन् । खेल गोलरहित बराबरीमा   ।
खेल निकै प्रतिस्पर्धात्मक बनेको छ । नेपाललाई सेमिफाइनल प्रवेश गर्न निश्चित जित आवश्यक छ।
२५औं मिनेटमा रोहित चन्दले फल गरेका छन् ।
२८औं मिनेट दुवै टोलीले बलमा नियन्त्रण राखेपनि पोस्टमा प्रहार गर्न सकेको छैन ।
कुनैपनि टिमले खतरनाक मुभ बनाउन सकेको छैन ।
३०औं मिनेटको खेल सकिएको छ । दुवै टिम गोलको खोजीमा छन् ।
विमल मगरको गोल
३३औं मिनेट:  मैदानको मध्यभागबाट विमलले प्रहार गरेको फ्रिकिकमा विमलको दर्शनीय गोल ।
विमलको प्रहारलाई बंगलादेशका गोलरक्षक सहिदुल अलामले राम्रो सँग ठम्याउन सकेन ।
यही गोलरक्षकलाई २०११ मा दिल्लीमा भएको साफ च्याम्पियनसिपमा तत्कालिन कप्तान सागर थापाले यस्तै गोल गरेका थिए ।
३७औं मिनेटको खेल सकिएको छ । नेपालले घरेलु टोलीविरुद्ध १–० ले अग्रता बनाएको छ ।
४०औं मिनेटको खेल सकिएको छ । नेपालले १–० को अग्रता बनाएको छ ।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी नेपाल १- बंगलादेश ०
१ मिनेट समय थप गरिएको छ । नेपालले १–० को अग्रता बनाएको छ ।
पहिलो हाफ सकिएको छ । नेपालले घरेलु टोलीविरुद्ध १–० को अग्रता लिएको छ ।
नेपालले यही अग्रतालाई जोगाइराख्न सके नेपाल र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउनेछ ।
दोस्रो हाफ शुरु भएको छ । नेपाल १–० ले अघि छ ।
के नेपालले यही अग्रता जोगाइराख्न सक्ला ?
५०औं मिनेटको खेल सकिएको छ । नेपालले १–० को अग्रता लिइरहेको छ ।
बंगलादेशबाट खेलाडी परिवर्तन  ।
५२औं मिनेटमा विप्लो अहमदको स्थानमा सोहेल राना मैद्यान प्रवेश  ।
बंगलादेशबाट खेलाडी परिवर्तन  ।
५३औं मिनेटमा मोहम्मद सादउदिनको स्थानमा होसेन रोनी मैदान प्रवेश  ।
५४औं मिनेट भरतको प्रहार गोलरक्षकबाट विफल रिवाउन्ड बलमा निराजन खड्काको प्रहार बाहिरियो ।
५८औं मिनेट गोलरक्षक किरण चेम्जोङबाट बचाउ ।
बंगलादेशबाट फेरि खेलाडी परिवर्तन
मासुक मिया जोनीको स्थानमा इमोन मामुद मैदान छिरेका छन् । ६०औं मिनेटको खेल सकिएको छ । नेपालले घरेलु टोलीविरुद्ध १–० को अग्रता लिइरहेको छ ।
नेपालबाट पहिलो खेलाडी परिवर्तन
६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदान प्रवेश ।
६५औं मिनेटको खेल सकिएको छ । नेपालले १–० को अग्रता जोगाइ राखेको छ । यही अग्रता जोगाइराखे नेपालले सन् २०१३ पछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाउनेछ ।
नेपालबाट दोस्रो खेलाडी परिवर्तन
६७औं मिनेटमा कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश ।
७०औं मिनेट
विश्वनाथ घोषको हेडर बाहिरियो ।
७२औं मिनेट गोलरक्षक किरण चेम्जोङको बचाउ ।
बंगलादेशी दर्शकहरुले मैदान वरिपरि बोतल फ्याकेर विरोध जनाइरहेका छन् ।
७५औं मिनेट
नेपालले १–० को अग्रता जोगाइ राखेको छ ।
७६औं मिनेट बंगलादेशी खेलाडीको हेडर बाहिरियो । नेपाल १-० को अग्रता जोगाईराख्न सफल ।
८०औं मिनेटको खेल सकिएको छ । नेपाल १–० ले अघि ।
नेपालबाट खेलाडी परिवर्तन
८२औं मिनेटमा विमल घर्तीमरगको स्थानमा विशाल राई मैदान प्रवेश ।
८४औं मिनेट नेपालका गोलरक्षक किरण चेम्जोङबाट उत्कृष्ट बचाउ ।
खेल सकिन ५ मिनेट बाँकी । नेपाल १–० को अग्रता जोगाइराख्न सफल ।
खेल सकिन १ मिनेट बाँकी । नेपाल १–० को अग्रता जोगाइराख्न सफल ।
९०औं मिनेट गोल
नवयुगको श्रेष्ठको गोल
चार मिनेट समय थप गरिएको छ । नेपालले २–० को अग्रता बनाएको छ ।
खेल सकिएको छ । नेपालले घरेलु टोली बंगलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

हामीलाई साथ दिनुभएोकोमा धन्यवाद । हामी फेरि सेमिफाइनलको खेल लिएर आउनेछौं । नोपलले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ । सेमिफाइनल खेल २७ सेप्टेम्वरमा शुरु हुनेछ ।
समूह ‘बी’ मा भोलि भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.