7 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका– फरवार्ड भरत खवास र मिडफिल्डर नीराजन खड्का साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तर्गत बंगलादेशविरुद्धको शनिबार हुने समूह चरणको अन्तिम खेलमा पहिलो रोजाईमा परेका छन् । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी साफ सुजुकी कपमा भरतले दोस्रो र नीराजनले पहिलो पटक पहिलो रोजाइमा खेल्ने अवसर पाएका हुन् ।
पाकिस्तान र भुटानविरुद्धको दुवै खेलमा नीरानजले परिवर्तित खेलाडीका रुपमा प्रभावशाली प्रदर्शन गरेका थिए । भुटानविरुद्धको खेलमा पहिलो राजाईमा रहेका अन्जन विष्ट र विशाल राईको ठाँउमा भरत र नीराजनलाई राखिएको हो । पाकिस्तानविरुद्ध पहिलो रोजाईमा परेका भारतले त्यो खेलमा खासै प्रभाव पार्न सकेका थिएन ।
यपद्दी भुटानलाई ४–० को जितको खेलमा परिवर्तित खेलाडीका रुपमा प्रवेश गर्दै भरतले गोल समेत गरेका थिए । त्यो उनको राष्ट्रिय टोलीका लागि १० औं गोल थियो । त्यो खेलमा नीराजनले पनि गोल गरेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो । भरत र नीराजन दुवैले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।
आज खेलमा सुरुवात गरेसँगै भरतले ४५ र नीराजनले ३१ क्याप जित्नेछन् । सन् २०१३ पछि नीराजनले पहिलो पटक राष्ट्रिय टोली पुनरागमन गरका हुन् । प्रशिक्षक बाल गोपाल महर्जनले भुटानविरुद्ध विमल घर्तिमगरलाई अग्रपक्तिको मोर्चा सम्हाल्ने जिम्मा दिएका थिए भने आजको खेलमा उनलाई भरतको साथ रहनेछ । किरण चेम्जोङले लगातार दोस्रो पटक राष्ट्रिय टोलीको कप्तानी गर्नेछन् ।
अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रक्षापक्ति सम्हाल्नेछन् । नीराजनसहित मिडफिल्डमा रोहित चन्द, सुनिल बल र नीराजन रहनेछन् । नेपाल र बंगलादेशको खेल नेपाली समय अनुसार साँझ६ः४५ बजे सुरु हुनेछ । बंगलादेश दुवै खेल जित्दै ६ अंकका साथ शीर्षस्थानमा छ । त्यसअघि केहि समयमा सोही समूहमा पाकिस्तान र भुटानबीचको प्रतिस्पर्धा हुनेछ । नेपाल र पाकिस्तानको समान ३ अंक छ भने भुटान अंक विहिन छ । दुई खेलको नतिजापछि समूहबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
नेपाली टोली
गोलकिपर– किरण चेम्जोङ (कप्तान)
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर,भरत खवास
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]