7 years ago
September 8, 2018
ढाका (हाम्रो खेलकुद)– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानविरुद्धको खेलमा पाकिस्तानले २–० को अग्रता लिएको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा खेलको २१ औं मिनेटमा मोहम्मद रिजाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् ।

२९ औं मिनेटमा हसान बसिरले गोल गर्दै अग्रता दोब्बर पारे । उनले मोहमद अलीको पासमा उत्कृष्ट फिनिस गरे । यो अग्रतालाई कायम राख्दै पाकिस्तानले खेल जितेमा समूहको अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनुपर्ने हुन्छ । नेपालले त्यो खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानमध्ये गोलअन्तरका आधारमा २ टोली सेमिफाइनल पुग्नेछन् । यद्यपी तीनै टोलीको समान ६ अंक भएमा भुटानविरुद्धको खेलको गोलअन्तर गणना हुने छैन । यस्तो अवस्थामा पनि नेपाल दोस्रो चरण पुग्ने पक्का छ ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २–१ ले हराएको थियो भने बंगलादेशसँगको खेल १–० ले गुमाएको थियो । भुटान नेपालसँग ४–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]