7 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका– साफ सुजुकी कप (साफ च्याम्पियनसिप) अन्तगर्त बंगलादेशविरुद्धको अन्तिम खेलमा भरत खवासले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि भुटानसँगको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गरेका थिए ।

त्यो खेलमा नियमित कप्तान विराज महर्जन र भरत पहिलो रोजाइमा नपरेपछि किरणले कप्तानीको मौका पाएका थिए । भरत र मिडफिल्डर नीराजन खड्काले बंगलादेशविरुद्धको खेलमा पहिलो रोजाईमा परेका छन् । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा जारी साफ सुजुकी कपमा भरतले दोस्रो र नीराजनले पहिलो पटक पहिलो रोजाइमा खेल्ने अवसर पाएका हुन् ।
भुटानविरुद्धको खेलमा पहिलो राजाईमा रहेका अन्जन विष्ट र विशाल राईको ठाँउमा प्रशिक्षक बालगोपाल महर्जनले भरत र नीराजनलाई मौका दिएका छन् । पाकिस्तानविरुद्ध पहिलो रोजाईमा परेका भारतले त्यो खेलमा खासै प्रभाव पार्न सकेका थिएन ।
यपद्दी भुटानलाई दोस्रो खेलमा ४–० ले हराउँदै परिवर्तित खेलाडीका रुपमा प्रवेश गर्दै भरतले गोल समेत गरेका थिए । त्यो उनको राष्ट्रिय टोलीका लागि १० औं गोल थियो । भरत, नीराजन र नियमित कप्तान विराज तीनै जनाले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भरतको यो नेपालका लागि ४५ औं अन्तर्राष्ट्रिय खेल हो ।

नेपाली टोली
गोलकिपर– किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड- रोहित चन्द, नीराजन खड्का, सुनिल बल, सुजल श्रेष्ठ
फरवार्ड – विमल घर्तिगमर,भरत खवास (कप्तान)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]