7 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका– समकालिन प्रशिक्षकमा सफलताका हिसाबले बालगोपाल महर्जन सबैभन्दा अगाडी आउछन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
आयोजक बंगलादेशलाई २–० ले हराएपछि नेपाल गोलअन्तरका आधारमा समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । त्योसँगै महर्जन साफ च्याम्पियनसिपको इतिहासममा नेपाललाई सेमिफाइनल पुर्याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । यसअघि तीन पटक नेपालले सेमिफाइनल यात्रा गर्दा विदेशी प्रशिक्षक थिए । नेपाल पहिलो पटक सन् १९९९, दोस्रो पटक २०११ र तेस्रो पटक २०१३ मा सेमिफाइनल पुगेको थियो ।
सन् १९९९ मा नेपाली टोलीको प्रशिक्षकमा जर्मनी प्रशिक्षक स्पिटलर फ्रान्क, २०११ मा ग्राहम रोबर्टस र २०१३ मा ज्याक स्टेफानोस्की नेपाली टोलीका प्रशिक्षक थिए । यसपटक पनि सायद भिसा समस्या नभएको भए नेपाली टोलीको प्रशिक्षक विदेशी नै हुने थिए । तर, भिसा समस्याका कारण नेपाली टोलीका नियमित प्रशिक्षक एसियाली खेलकुदबाट नेपाल फर्कन पाएनन् । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले महर्जनलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । दश दिनको अभ्यास पछि महर्जन सेमिफाइनलको लक्ष्यसहित बंगलादेशका लागि उडेका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेपछि उनको रणनीतिलाई लिएर प्रश्न नउठेका पनि होइनन् । तर, उनी आत्तिएनन् भुटानसँगको खेलमा कप्तान विराज महर्जनसहित भरत खवास र नवयुग श्रेष्ठलाई बेन्चमा राख्ने जोखिम उठाए । त्यसमा उनी सफल भए नेपालले भुटानलाई ४–० ले हरायो । त्यहिबाट लयमा देखिएको नेपाली टोलीले जित्नै पर्ने खेलमा शनिबार बंगलादेशलाई निराश पार्यो । परिणाम दुई खेल जितेपनि बंगलादेश सेमिफाइनल पुग्न असफल भयो, नेपाल र पाकिस्तान अन्तिम चारमा पुगे । नेपाली टोलीलाई सफलता दिलाइरहँदा महर्जनको आवाज भने बसेको छ । घाँटीको समसयाले गर्दा यो खुसी उनले शब्दमा व्यक्त गर्न सकेनन् । तर, उनको हावभावबाट उनी निकै सन्तुष्ट देखिन्थे । प्रि म्याच र पोस्ट म्याचमा किरण श्रेष्ठले पत्रकारलाई जवाफ दिए ।
नेपाली टोलीका पूर्व कप्तान समेत रहेका महर्जनले सन् २००५ मा खेल जीवन छाडेको छोटो समयमै राष्ट्रिय टोलीको सहायक प्रशिक्षक हुने मौका पाएका थिए । महर्जनले त्यसपछि उमेर समूह सम्हाल्ने मौका पाए । उनले सफलताको स्वाद त्यहिबाट चाख्न सुरु गरेका थिए । केहि वर्षअघि नेपाली यु १६ लाई एएफसी च्याम्पियनसिपको अन्तिम चरणमा छनोट गराएका महर्जनको अर्को सफलताको कथा भने २०७२ को भदौबाट सुरु भएको थियो । उनको नेतृत्वमा नेपालले पहिलो यू १९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए ।

उक्त टोलीका स्टार विमल घर्तिमगर, अन्जन विष्ट, अनन्त तामाङ, सुनिल बल राष्ट्रिय टोलीकै स्टार भइसकेका छन् । महर्जनको सफलताको कथा पनि त्यसरी नै अघि बढेको छ । विसं २०७२ कै पुसमा उनले बंगलादेशमा बंगबन्धु गोल्ड कप जिताएपछि उनले समकालिन प्रशिक्षकलाई निकै पछि छाडेका थिए । प्रशिक्षण सरु गर्नु अघिको एक वर्ष उनले रेफ्रीको भूमिकामा आफुलाई प्रस्तुत गर्ने कोसिस गरेका थिए । तर, ढाडको समस्याले उनी प्रशिक्षण रोजे ।
सन् २००७ मा एएफसी फ्युचर कोर्सको पहिलो ब्याचका प्रशिक्षकका रुपमा प्रशिक्षण लिएपछि उनको नयाँ यात्रा प्रारम्भ भएको थियो । प्रशिक्षण जीवनको एक दशकमा उनले उमेर समूहदेखि राष्ट्रिय टोललाई दिलाएको सफलताले नेपाली प्रशिक्षक पनि क्षमतावान रहेको पुष्टि भएको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]